headline 1गण्डकीप्रबिधि

स्याङ्जामा श्रृङखलाबद्ध चोरीको घटना बढ्दो

सिसी क्यामेरा को भिडियो र फिङ्गर प्रिन्ट सङ्कलन गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।

सुशील सुवेदी
स्याङ्जा , पुस २२

पछिल्लो समय स्याङ्जामा श्रृङखलाबद्ध चोरीको घटना बढ्न थालेको छ । गए राती वालिङ र गल्याङ को ३ स्थानमा एकै पटक चोरी भएको छ । वालिङ १३ को बाँयटारीका भीमलाल पराजुलीको घरबाट साढे दश तोला सुन र नगद २० हजार चोरी भएको छ । यस्तै , पराजुलीसँगै रहेको स्टेशनरीबाट दश हजार नगद चोरिएको छ । पराजुलीका अनुसार चोरले छडको टुक्रा प्रयोग गरेर दराज फोरेका थिए ।रातीको समयमा सुति रहेको अवस्थामा चोरी हुँदा कसैले पनी थहा पाउन नसकेको पराजुलीको भनाई छ ।
गाउँ सुधार दुग्ध उत्पादक सहकारी बाट ५ हजार र ग्रिन भिलेज हाईवे कटेजबाट ५ हजार नगद सहित १५ हजार बराबर मदिरा जन्य वस्तु तथा पेय पदार्थ चोरी भएको वडा प्रहरी कार्यालय वालिङले जनाएको छ ।
सिसी क्यामेरा को भिडियो र फिङ्गर प्रिन्ट सङ्कलन गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ ।
केही समय अगाडि गल्याङ र मालुङ्गा भएको चोरीमा पनि झन्डै दश तोला सुन चोरिएको थियो । स्याङ्जामा वर्षेनी पुस माघको समयमा चोरीको घटना बढ्दै गएको छ ।
बढ्दो बेरोजगारीको कारण यस्ता घटनामा बेरोजगार युवाहरु संलग्न हुने स्थानीय को बुझाई छ ।

प्रहरीको मा दर्ता नै हुँदैनन् चोरीका मुद्धा

असार यता दर्जनौ चोरीका घटना भएपनि ३ वटा चोरीको मुद्दा मात्रै जिल्ला प्रहरी कार्यालय स्याङ्जा मा दर्ता भएका छन् । जसमध्ये ५ जना चोरलाई प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जा ले जनाएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.