headline 1गण्डकीमोफसल

स्याङजाको अर्जुनचौपारी गाँउपालिकामा एक करोड २५ लाख दिप प्रज्वलन गरिने, मंगलबार सार्वजनिक बिदा

वालिङ ,फागुन २

स्याङजाको अर्जुनचौपारीमा बनेको नवग्रह मन्दिरको वैदिक विधिअनुसार हुने नवग्रह धार्मिक अनुष्ठान, गीता ज्ञान तथा धार्मिक महोत्सवको अवसरमा पालिकाले मंगलबार सार्वजनिक बिदा दिएको छ । पालिकाले मंगलबार पालिका भित्र रहेका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए । गाँउपालिकाको वडा नं – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर सिमलचौर मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह नौ आकाशीय पिण्ड मन्दिरको निर्माण गरिएको छ । नवग्रह मन्दिर बनेसँगै पालिकाले प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर गर्ने तयारी गरेको छ । पालिकाले यही फाल्गुन ६ देखि १४ गतेसम्म एक करोड २५ लाख दिप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गर्ने गाउँपालिकाको तयारी रहेको छ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो । आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका कलाकारले मनोरञ्जन दिनेछन् ।

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.