उपप्रधान एवं अर्थ मन्त्रि विष्णु पौडेल चैत्र ३० गते स्याङजाको कालिगण्डकी गाँउपालिकामा आउँदै

रोशन लामिछाने चैत्र २९

नेपाल सरकारका उपप्रधान तथा अर्थ मन्त्रि विष्णु पौडेल चैत्र ३० गते स्याङजाको कालीगण्डकी गाँउपालिकामा आउने भएका छन् । कालीगण्डकी गाँउपालिकाको आयोजनामा हुन गईरहेको कार्यक्रममा उप्रधान तथा अर्थ मन्त्रि पौडेल आमन्त्रित विशिष्ट व्यक्तित्वको रुपमा कालीगण्डकी गाँउपालिका आउने हुनु भएको हो । मन्त्रि पौडेलको आगमन संगै कालीगण्डकी गाँउपालिकाको वडा नं ३ स्थित वैघाको वडा कार्यालयको भवन,सोही वडाको स्वास्थ्य चौकी भवन र रिडि सडकको उत्घाटन गर्ने कार्यक्रम रहेको कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिम बहादुर थापाले बताउनुभयो । अध्यक्ष थापाको अनुसार उत्घाटन कार्यक्रम विहान साठे सात बजे कालीगण्डकी गाँउपालिका वडा नं ३ स्थित वैघामा हुनेछ । नेपाल सरकारका उप प्रधान तथा अर्थ मन्त्रि जस्ता विशिष्ट व्यक्तित्वलाई कालीगण्डकी गाँउपालिले स्वागत गर्न पाँउदा खुसी व्यक्त गर्दे आम समुदायलाई स्वागतको निम्ति जुट्न र उत्घाटन समारोहमा सहभागी हुनको निम्ति अध्यक्ष खिम बहादुर थापाले अनुरोध समेत गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.