पहलगाम हमलामा ज्यान गुमाउनेप्रति गण्डकी कोटिहोम महायज्ञ समितिद्वारा शोक व्यक्त, आज दीप प्रज्ज्वलन हुने

रोशन लामिछाने ११ वैशाख २०८२ –

भारतको जम्मू(कश्मीरस्थित पहलगाममा भएको आतङ्ककारी हमलामा ज्यान गुमाएका व्यक्ति हरूप्रति गण्डकी कोटिहोम महायज्ञ आयोजक समितिले शोक व्यक्त गर्दे आज साँझ दीप प्रज्व्लन गर्ने भएको छ। आयोजक समितिले महलगाममा भएको हमलाले सिङ्गो धर्म र मानवतामाथिको आक्रमणका रूपमा चित्रण गरेको भन्दै दीप प्रज्व्लन गर्ने भएको हो । आयोजक समितिका अनुसार, पहलगामको बैसारन घाटीमा मङ्गलबार भएको उक्त हमलामा २७ जनाभन्दा बढीको ज्यान गएको थियो ,जसमा नेपालका सुदीप न्यौपाने सहित अन्य पर्यटकहरू पनि परेका थिए। समितिले मृतकहरूको आत्माको शान्तिको कामना गर्दै आज साँझ दीप प्रज्ज्वलन कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ। दीप प्रज्व्यलन गरि शान्ति र सद्भावको सन्देश प्रवाह गर्ने समितिको मुख्य उद्देश्य रहेको आयोजकको भनाई छ । दीप प्रज्व्लन कार्यक्रममा सबै धर्मावलम्बी, सामाजिक सङ्घसंस्था र स्थानीयवासीलाई सहभागी भई कार्यक्रमको शोभा बढाईदिनको निम्ति आयोजकले आम नागरिकलाई अनुरोध समेत गरेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.