headline 1गण्डकीस्वास्थ्य

कालीगण्डकी गाँउपालिमामा घुम्ति शिविर सञ्चालन हुने,शिविरको फाईदा लिनुहुन प्रमुख प्रशासकिय अधिकृत पर्शुराम उपाध्यायको अनुरोध

मुना न्यौपाने कालीगण्डकी २९,बैसाख

स्याङजाकाको कालीगण्डकी गाँउपालिकामा एकीकृत घुम्ति शिविर सञ्चालन हुने भएको छ । २०८२ वैशाख ३० गते देखि कालीगण्डकी गाँउपालिका स्थीत वडा नं ६ बाट सुभारम्भ हुने एकिकृत धुम्ति शिविर गाँउपालिकाको सातै वडामा सञ्चालन गरी सम्पन्न हुने भएको हो । कालीगण्डकी गाँउपालिकाको आयोजनामा हुन लागीरहेको घुम्ती शिविरमा स्वास्थ्य सेवा अन्तर्गत जनरल स्थास्थ्य चेक जाँच परीक्षण , छाती सम्बन्धी जाँच तथा महिलाहरुको भिआईए परीक्षण गरिने भएको हो । त्यस्तै कृषि सेवा अन्तर्गत माटो परीक्षण ,प्लान्ट क्लिनिक तथा कृषि सम्बन्धी आवश्यक सेवा र परामर्श पनि गरिनेछ । विहान साढे नौ बजे देखि हुने शिविरमा पशु सेवा सम्बन्धी गोवर परीक्षण समेत गरिने भएको छ । एकै पटक पाँच वटा विधामा सञ्चालन गर्न लागिएको शिविरमा योजना सम्बन्धी फरफारक र भक्तानी सम्बन्धी तयारी र जेष्ट नागरिकलाई परिचय पत्र निर्माण समेत गरिने तयारी गरिएको गाँउपालिकाका प्रमुख प्रशासिय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनुभयो । प्रमुख प्रशासिय अधिकृत पर्शुराम उपाध्यायको अनुसार उक्त्त धुम्ति शिविर गाँउपालिका भित्रका सातै वडामा सञ्चालन गरिनेछ । मानिसको स्वास्थ्य मात्र नभई कृषि,पशु तथा योजना सम्बन्धी भुक्तानी तयारी सम्बन्धी शिविर सञ्चालन गरिने भएको हुँदा सबै वडाका नागरिकलाई शिविरमा उपस्थित भई शिविरको फाईदा लिन अधिकृत उपाध्यायले अनुरोध समेत गर्नुभएको छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.