स्याङजाको गल्याङ नगरपालिकामा छाती रोग सम्बन्धी निस्शुल्क एक्स–रे शिविर सम्पन्न भएको छ । गल्याङ नगरपलिकाको आयोजनामा वडा नं ३ मा सञ्चालन गरिएको शिविरमा ३३६ जना सेवाग्राही को निस्शुल्क छातीको एक्सरे गरिएको थियो । गल्याङ नगरपालिका नगरप्रमुख गुरु प्रसाद भट्टराई को प्रमुख आतिथ्यमा सञ्चालन गरिएको शिविरमा छाती रोग सम्बन्धी एआई पोटेवल एक्सरे द्वारा निःशुल्क एक्स–रे सेवा सम्बन्धी शिविर सञ्चालन गरिएको होे । शिविरमा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपाने,प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जा का प्रमुख सहित स्वास्थ्य टोली लगायत विशेषज्ञ चिकित्सकको उपस्थितिमा सञ्चालन गरिएको शिविरमा स्वास्थ्य र रहनु पर्ने सन्देश दिने उदेश्यले निशुल्क छाती रोग सम्बन्धि एक्सरे सेवा प्रदान गरिएको थियो। ३३६ जनाले छाती सम्बन्धी लिइएको एक्सरेमा १२ जना स्थााीयलाई क्षयरोग पुष्टि भएको छ । क्षयरोग पुष्टि हुने क्षयरोगाीलाई गल्याङ नगरपालिकाले चेक जाँच गरेको दिन देखिनै निशुल्क औषधी सेवन को व्यवस्था समेत गरेको छ ।
