नेकपा एमाले संसदीय दलका नेता एवं गण्डकी प्रदेशका निवर्तमान मुख्य मन्त्री खगराज अधिकारीलाई हरिनास गाँउपालिकाले माग पत्र पेश गरेको छ । सातौ अध्यक्ष कपको समापन समारोहलाई उत्घाटन गर्न पुगेका नेकपा एमालेका संसदीय दलका नेता एवं निवर्तमान मुख्य मन्त्रीलाई हरिनास गाँउपालिकाको टिमले माग पत्र पेश गरेको हो । स्याङजा जिल्लाको दुर दराजमा मानिने हरिनास गाँउपालिका सडक, खानेपानी,शिक्षा,स्वास्थ्य जस्ता सुविधाको उपलब्धता प्रयाप्त नहुँदा हरिनास गाँउपालिकामा बसाई सराई बढ्ने गरेको हुँदा उक्त्त कुरालाई मध्यनगर गरियोस भन्दै पालिकाको सिंगो टिमले निवर्तमान मुख्य मन्त्री अधिकारीलाई माग पत्र पेश गरेका हुन् । हरिनास गाँउपालिकको टिमले माग गरेको माग पत्रको पहिलो प्राथमिकत मिर्दी भिमाद मोटर बाटो रहेकोे छ । त्यस्तै दोस्रो मागको रुपमा पालिकले क्याक्मी खण्ड कालोपत्रे, तेस्रो गृहकोट कोइराले मोटर बाटो र चौथो सिरौले करङस्ववारा मोटर बाटो रहेको छ । माग पत्र बुझे पस्चात मन्त्री अधिकारीले मिर्दी भिमाद सडक खण्डको सडक स्तर उन्नतिको आगामी बजेट बाट नै सम्बोधन गर्ने बताउनु भएको छ । विकास निर्माणको कार्य निरन्तर चलिरहने बताउँदै मन्त्री अधिकारीले हरिनासको पहिलो माग मिर्दी भिमाद सडक खण्डलाई आगामी बजेट बाटै सम्बोधन गर्ने र बाँकी मागलाई क्रमस सम्बोधन गर्दे जाने बताउनुभयो । भुमिगत राजनिति गर्दा हरिनासमा बास बसेको र हरिनास गाँउपालिका बासीले गुन लगाएको सम्झदै मन्त्री अधिकारीले आफ्नो कलम चल्ने बेला सम्म समृद्ध हरिनाँसको कल्पनालाई साथ दिने समेत बताउनुभयो । गाँउपालिकाले जेठ ३ गते देखि सुरु भएको सातौं अधक्ष्य कप सुरु गरेको छ । अध्यक्ष कप सञ्चालन गरेर मन्त्री तथा विशिष्ट व्यतिmत्व आमन्त्रण गर्ने र समृद्ध हरिनास निर्माणको निम्ति अपुरा भएका विकास निर्माणको कार्यलाई सम्पन्न गर्न दवावमा पार्ने दाउमा हरिनासका अध्यक्ष खिम मानन्धर देखिएता पनि प्रमुख आमन्त्रीत व्यतिmहरुले कुन किसिमले उत्त माग पत्र सम्बोधन गर्नेछन् त्यो भने हेर्न बाँकी समयले नै बताउला । जेष्ट ३ गते उत्घाटन गरिएको सातौ अध्यक्ष कप आज समापन हुँदैछ । उत्घाघन सत्रमा गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उत्घाटन गरेको सातौ अध्यक्ष कप समापन समारोहमा गण्डकी प्रदेशका निवर्तमान मुख्य मन्त्री खगराज अधिकारीले गरेका हुन् ।
