headline 1कृषिगण्डकी

स्याजाको फेदीखोला गाँउपालिका द्धरा चौध लाख पैतालिस हजार सहित किसान सम्मानीत

मेरो दृष्टि सम्बादाता जेठ ५, वालिङ

स्याङजाको फेदीखोला गाँउपालिकाले स्थानीय दुई सय चौबिस किसान लाइ सम्मान गरेको छ । परम्परागत बीउ तथा खेती संरक्षणमा उल्लेखनीय भुमिका निर्वाह गरेको भन्दै गाँउपालिकाले स्थानीय दुई सय चौविस हलगोरु पाल्ने किसानलाई सम्मान गरेको हो । गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीका अनुसार कृषि कार्यक्रम अन्तर्गत गाँउपालिका भित्रका छनोटमा परेका दुई सय चौबिस किसानलाई एक कार्यक्रम गरि नगद रु दश हजारका दरले सम्मान गरिएको हो । अध्यक्ष सुवेदीले भन्नुभयो, गाँउपालिकाले लिएको कृषि निति अनुसार यान्त्रिक जोतको सट्टा वातावरणमैत्री विधि प्रयोग गर्ने लाई अनुदान दिने निति तथा कार्यक्रम फेदीखोला गाँउपालिकाले बनाएको छ सोही कार्यक्रम अन्तर्गत छनोटमा परेका स्थानीय दुई सय नब्बे हल गोरु पाल्ने किसान लाइ जम्मा चौध लाख पैतालीस हजार अनुदान दिएका हौँ । अध्यक्ष सुवेदीको अनुसार अनुदान रकम हेर्दा सानो भएता पनि यस्ता खाले कार्यक्रमले किसानको मनोबल उचो पार्न मद्दत पुग्ने बताउँनुभयो । गाँउपालीकाले भरखार किसान लक्ष्यीत अनुदान कार्यक्रम सुरु गरेको छ ,कृषकको आर्कषण अनुसार अनुदानको रकम बढाउने योजनामा छौ अधयक्ष सुवेदीले भन्नुभयो । बर्तमान अवस्थामा चलीरहेको उक्त्त कार्यक्रमले कृषि सम्बन्धी अभियानको प्रवर्द्धनमा उल्लेखनीय योगदान पुगेको र किसानहरु पनि खुसी रहेको बताउँदै किसानको मनोबल लाई कम्जोर बन्न नदिन थप नयाँ कार्यक्रम ल्याउने तयारीमा रहेको अध्यक्ष सुवेदीको भनाई छ ।

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.