आँधीखोला गाँउपालिकाका अध्यक्ष पौडेल द्धरा ३३ औ पटक रक्तदान

रोसन लामिछाने मेरो दृष्टि सम्बादाता,साउन ७

स्याङजाको आँधीखोला गाँउपालिकाका अध्यक्ष विश्व पौडेलले ३३ औ पटक रक्तदान गर्नुभएको छ । २०५४ सालमा पहिलो पटक बुटवलमा विरामीलाई रगत दिएका पौडेलले समयअनुकुल मिलउदै आज सम्म ३३ औ पटक रक्तदान गरेको बताउनु भएको हो । राष्ट्रिय युवा संघ नेपाल स्याङजा शाखाले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्दे पौडेले रक्तदान कसैको निम्ति जिवनदान हुने भएकोले निस्वार्थ भावनाले ५०५४ साल देखी विभिन्न चरणमा रक्तदान गर्दे आईरहेको पौडेलको भनाई छ । रक्तदान गर्दा शरिरमा रगतको मात्र कमी हुन्छ भनेर कतीपय मानिसहरु रक्तदान गर्न डराउछन् तर मैले ३३ औ पटक रक्तदान गरे अहिले सम्म कुनै शारिरिक असर परेको छैन् पौडेले भन्नुभयो । पौडेलको अनुसार रक्तदान गर्नु भन्दा अगाडी रक्तदान गर्ने मानिसले चिकित्सको सल्लाह भने अनिवार्य लिनु पर्छ । पुष्पलाल स्मृति दिवसको अवसरमा गल्याङ स्थित मगर समाज भवनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा पौडेल जस्तै धेरै रक्तदाताहरुले रक्तदान गरेका थियो । राष्ट्रिय युवा संघ स्याङजाका अध्यक्ष राजन पौख्रेलको अनुसर रक्तदान कार्यक्रममा ७४ युनिट रगत संकलन भएको छ । उक्त संकलीत रगत नेपाल रेड क्रस सोसाईटिको समन्व्यमा ब्लड व्याक स्याङजामा भण्डारण गरिने पोख्रेलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.