कुक तालिमका सहभागिलाई प्रमाणपत्र वितरण ।

मेरो दृष्टि सम्बादाता स्याङजा ९ भदौ ।

कुक तथा किचन हेल्पर तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार बोर्डको सचिवालय र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको आर्थिक सहयोग तथा कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरको आयोजनामा भएको तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको हो ।
प्रमाणपत्र वितरण गर्नु हुँदै नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापती तथा संस्थाका सल्लाहकार केदार काफ्लेले दक्ष जनशक्तिको अभाव जताततै रहेको बताउनु भयोे । सिप भएमा मात्रै सहज रुपमा आम्दानी गर्न सकिने उहाँको भनाइ छ । उहाँले भन्नुभयो,“सिपको सही प्रयोगल मात्रै जीवन यापन सहज हुन्छ र आम्दानी पनि राम्रो हुन्छ । स्वदेश तथा विदेश जहाँ रहे पनि सिप अपरिहार्य रहेको स्पष्ट पार्नु भयो । कार्यक्रममा नेपाली कांग्रेस वालिङ नगर सभापती नेत्रप्रसाद पाण्डेले सिप नहुँदा विदेशमा नेपाली युवाहरुले धेरै समस्या भोग्नु परेको जानकारी गराउनु भयो । सिप सिकेर मात्रै विदेश जान उहाँको सुझाव छ । सो अवसरमा पत्रकार महासंघ स्याङ्का अध्यक्ष प्रदिप कोईरालाले राम्रो रोजगारीका लागि राम्रो सिप आवश्यक रहेकोमा जोड दिनुभयो । पत्रकार महासंघ गण्डकी प्रदेशका सदस्य तथा पत्रकार महासंघ स्याङ्जाका पूर्व अध्यक्ष श्रीकृष्ण सिग्देल,अशोक तिवारी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम कस्मोपोलिटन कन्सल्टेन्ट एण्ड टेक्निकल एजुकेशन सेन्टरका गण्डकी प्रदेश संयोजक राधाकृष्ण डुम्रेको अध्यक्षता तथा स्याङ्जाका संयोजक पुष्पा अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।कार्यक्रमा कुक तथा किचन हेल्परको एक महिने तालिममा सहभागि भएका ६० जना युवा तथा युवतीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

 

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.