वालिङको वडा नं ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

वालिङ: वालिङको वडा नं ५ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । २५ औँ सशस्त्र प्रहरी दिवस २०८२ को अवसरमा वालिङ नगरपालिका र सशस्त्र प्रहरी बल नेपाल, गुल्म हेडक्वाटर स्याङ्जाको संयुक्त आयोजनामा वालिङ नगरपालिका वडा नं ५ स्थित जगत भञ्ज्याङ स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। एक दिन सञ्चालन हुने शिविरमा स्थानीयको सामान्य स्वास्थ्य परीक्षण, रोग पहिचान तथा आवश्यक परामर्श सेवा प्रदान गरिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेको भनाई छ। सेवाग्राहीको आर्थिक अवस्थालाई मध्यनजर गर्दे स्थानीय स्तर बाटै रोग निको हुने सम्भावना देखिएका सेवाग्राहीहरुलाई उक्त्त शिविर बाटै औषधी प्रदान गरिएको प्रमुख पाण्डेको भनाई छ ।

शिविरमा उपस्थित भएका स्थानीयवासीहरूले नगरपालिका र सशस्त्र प्रहरी बल नेपालले संयुक्त रूपमा गरेको यस पहलको खुलेर प्रशंसा गरेका छन्। यस्ता सचेतनामूलक कार्यक्रम तथा स्वास्थ्य शिविरहरू बेला–बेला सञ्चालन गर्दा ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच पुग्ने र आर्थिक अभावका कारण सामान्य रोग पालेर बस्न बाध्य स्थानीयलाई राहत पुग्ने भएकोले यस्ता खाले शिविर वालिङ नगरपालिकाको १४ ओटै वडामा धुम्ती रुपमा सञ्चालनको तयारी भईरहेको वालिङ नगरपालिकाका स्वास्थ्य प्रमुख कमल पाण्डेको भनाई छ । शिविरबाट करिब ३०० जना सेवाग्राहीले सेवा लिने अनुमान गरिएको वालिङ नगरपालिका वडा नं ५ का वडा अध्यक्ष छवि आलेको भनाई छ । एक दिन सञ्चालन हुने शिविरमा बिहानैदेखि स्थानीयको वडा नं ५ स्थित जगत भञ्ज्याङ स्वास्थ्य चौकीका स्थानीयको उल्लेख्य सहभागिता रहेको छ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.