देशमै पहिलो पटक निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागु गर्ने नेता हुन खिम थापा
त्यसैगरी, थापाकै पहलमा २० युनिटसम्म निशुल्क विद्युत सेवा उपलब्ध गराउने साहसी निर्णय कार्यान्वयनमा आयो
स्याङजा निर्वाचन क्षेत्र नं २ मा खिम थापा आज विकासको भरोसा र जनताको पहिलो रोजाइका रूपमा स्थापित हुँदै गएका छन्। काम गरेर देखाउने नेताको स्पष्ट पहिचान बनाएका थापा लोकप्रिय गाउँपालिकाको अध्यक्षको रूपमा सफल कार्यकाल पूरा गरी जनताको मन जित्न सफल भएका छन्। विकास, सेवा र सुशासनमा देखाएको प्रतिबद्धताले उनी जनविश्वासका प्रतीक बनेका छन्। खिम थापाको नेतृत्वमा गाउँपालिकाले देशकै इतिहासमा पहिलो पटक निशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गय्रो। यस ऐतिहासिक निर्णयले गरिब, विपन्न र श्रमिक वर्गलाई उपचारको चिन्ताबाट मुक्त गर्दै राज्यप्रतिको भरोसा जगाएको छ। स्वास्थ्य सेवा आम नागरिकको पहुँचमा पुय्राउने यो कदमले थापालाई केवल राजनीतिक नेता मात्र नभई जनताको पीडामा मलम लगाउने अभिभावक का रूपमा स्थापित गराएको छ। त्यसैगरी, थापाकै पहलमा २० युनिटसम्म निशुल्क विद्युत सेवा उपलब्ध गराउने साहसी निर्णय कार्यान्वयनमा आयो। महँगीको चाप खेपिरहेका नागरिकका लागि यो निर्णय जीवनरक्षक सावित भएको छ। यी कामहरूले वाचा होइन, काम भन्ने नारालाई व्यवहारमै प्रमाणित गरेका छन्।






प्रतिक्रिया राख्नुहोस्