नवौँ वालिङ महोत्सवको सन्दर्भमा उधोग वाणिज्य संघ वालिङका महासचिव रमेश अर्याल संगको कुराकानी
फागुन २०,वालिङ
नवौ वालिङ महोत्सव कस्तो चलिरहेको छ?
वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित नवौँ वालिङ महोत्सव हाल उत्साहजनक रूपमा सञ्चालन भइरहेको छ। महोत्सवको सातौँ दिनसम्म आइपुग्दा विगतको समय जस्तै अहिले पनि दर्शकको उल्लेखनीय सहभागिता देखिएको छ। उद्घाटनकै दिन परेको पानीका कारण केही निराशा भए पनि त्यसपछिका दिनहरूमा दर्शकको जनलहर क्रमशः बढ्दै गएको छ। विगतका वर्षहरूजस्तै यसपटक पनि दर्शकको माया पाइरहेका छौँ ।

तपाई हरुले लिएको व्यापारिक योजना पुरा होला त यो संस्करणको महोत्सवमा?
व्यापारको हिसावले सातो दिन सम्म राम्रै चलेको छ । किनमेल पनि राम्रौ भईरहेको र स्टलवाला हरु पनि खुसीनै हुनुहुन्छ । हामी सातौ दिनमा छौ २५ गतेसम्म आइपुग्दा हाम्रो व्यापारिक लक्ष्य पूरा हुनेमा विश्वस्त छौँ ।
नवौ सस्करणको महोत्सवमा नयाँपन के दिन सक्नुभयो?
हामीले प्रत्येक महोत्सवमा केही न केही नयाँपन दिन प्रयास गर्दे आईरहेका छौ । नवौँ संस्करणसम्म आइपुग्दा यसपटक विशेष आकर्षणको रूपमा जलपरी र गोल घर बनेको छ । विगतको समयमा हामीले गोल घर बनाउन सकेका थिएनौ,तर आम दर्शकको माग र सुझाभ अनुरुप यस पटक दर्शकको मागअनुसार गोल घर समावेश गरिएको छ। गोलघरले पनि दर्शकको मन जित्दै महोत्सवको प्रमुख आकर्षणको केन्द्र बनेको छ भने नयाँ नयाँ स्थापीत कलाकारहरुको प्रस्तुती रहने भएकोले विगतको महोत्सवमा नदेखिएका ख्याती प्राप्त कलाकार पनि यो महोत्सवको नयाँपन हो भन्ने लाग्छ ।

स्थानीय कलाकारलाई प्राथमिकता दिईएन भन्ने गुनासो आएको छ नी के भन्नुहुन्छ?
स्थानीय कलाकारलाई स्थान नदिएको भन्ने गुनासोबारे महिले पनि सामाजिक सञ्जालमा हेरेँ । वालिङ महोत्सवको उदेश्य नै स्थानीय उत्पादन र स्थानीय कलाकारलाई पहिलो प्राथमिकतामा राख्नु हो आज बल्ल हामी वालिङ महोत्सवको सातौ दिन सम्म आईपुगेका छौ , सातौ दिन सम्म आईपुग्दा यो बिचमा धेरै स्थानीय कलाकारलाई हामीले समावेश गरि सकेका छौँ। बाँकी रहेका स्थानीय कलाकारहरुको विषयमा पनि सेडियुल बनाउने तयारी भईरहेकोले महोत्सवको समापनको दिन सम्म स्याङजा भित्र रहेका स्थानीय कलाकारलाई हामीले समेट्ने तयारी गरीरहेको हुँदा आम दर्शक र कलाकार दुवैलाई धैर्य गर्न अनुरोध गर्दछु, ।
अन्त्यमा आम दर्शकलाई के भन्न चाहानुहुन्छ?
वालिङ उद्योग वाणिज्य संघले आयोजना गरेको नवौँ संस्करणको महोत्सवलाई माया गरेर समय मिलाई उपस्थित हुनुभएका आम दर्शक र शुभचिन्तहरुमा धन्यवाद प्रकट गर्न चाहान्छु । बाँकी रहेका दिनहरू पनि तपाईंहरूको उपस्थितिले नै महोत्सवलाई अझ सफल बनाउनेछ। हामी नयाँपन दिन निरन्तर प्रयासरत छौँ र तपाईंहरूकै सुझाव, सल्लाह र प्रतिक्रियाबाट अझ सुधार गर्दै अगाडि बढ्नेछौँ। बाँकी पाँच दिन भरपूर मनोरञ्जन लिनुहुन सबैलाई हार्दिक अनुरोध गर्दछु।





प्रतिक्रिया राख्नुहोस्