फेदीखोला–२ घैयाबारीमा प्रजनन स्वास्थ्य स्क्रिनिङ शिविर सम्पन्न, ४० जनाको स्वास्थ्य परीक्षण
मेरो दृष्टि सम्बादाता चैत्र २,वालिङ
स्याङ्जाको फेदीखोला गाउँपालिकामा एक दिने शिविर सम्पन्न भएको छ । फेदिखोला गाँउपालिका स्थित बाह्य खोप केन्द्रमा आयोजना गरिएको एक दिने शिविर फेदिखोला वडा नं २ को घैयाबारीमा प्रजनन स्वास्थ्य सम्बन्धी स्क्रिनिङ तथा व्यवस्थापन शिविर सम्पन्न भएको छ। एक दिन सञ्चालन गरिएको उक्त शिविरमा ४० जना सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिएको थियो। परीक्षण गरिएका मध्ये १ जनामा भिआइए पोजेटिभ देखिएको स्वास्थ्यकर्मीले जानकारी दिएका छन्। त्यस्तै १ जनामा पाठेघरमा मासु पलाएको पोलिप भेटिएको थियो भने १ जनामा टच ब्लीडिङ देखिएकाले थप उपचारका लागि गण्डकी अस्पताल रेफर गरिएको छ। शिविरका क्रममा २ जनामा सेकेन्ड डिग्री युटेराइन प्रोल्याप्स देखिएकोले उनीहरूलाई २।५ एमएमको रिङ पेसरी राखेर उपचार गरिएको थियो। स्वास्थ्य परीक्षणसँगै सहभागीलाई स्तन क्यान्सर सम्बन्धी जनचेतना, घरमै स्तन परीक्षण गर्ने तरिका, पाठेघरको स्वास्थ्य जोगाउने उपायहरू तथा केगल व्यायामको महत्व र गर्ने विधि बारे पनि परामर्श प्रदान गरिएको थियो। गाउँपालिकाले ग्रामीण क्षेत्रका महिलालाई लक्षित गरी यस्ता स्वास्थ्य शिविरले समयमै रोग पहिचान र उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको गाँउपालिकाका अध्यक्ष घनश्याम सुवेदीको भनाई छ।






प्रतिक्रिया राख्नुहोस्