हरिनास गाउँपालिका–मग्याम चिसापानीमा निर्माणाधीन अस्पतालले स्थानीयमा आशा बढाउँदै

अस्पताल सञ्चालनमा आएपछि स्याङजा जिल्ला को ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको स्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको वडा नं ३ का वडा अध्यक्ष एवं हरिनास गाँउपालिकाका प्रवत्ता ओम सिग्देलको भनाई छ ।

स्याङजाको हरिनास गाँउपालिका वडा नं ३ स्थित मग्याम चिसापानीको निर्माणाधीन अस्पतालले स्थानीय बासिन्दामा स्वास्थ्य सेवाप्रतिको पहुँच सुधारिने अपेक्षा बढाएको छ। गाउँपालिकाको पहल र नेपाल सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको उक्त अस्पताल हाल अन्तिम चरणमा पुग्न थालेपछि आम नागरिकको स्वास्थ्य सम्बन्धी हक–अधिकार प्राप्त हुने अपेक्षा गरिएको हो । अस्पताल भवनको संरचनागत करिब ८० प्रतिशत सम्पन्न भए संगै आवश्यक उपकरण जडान तथा आन्तरिक व्यवस्थापनको काम तर्फ गाँउपालिकाले चासो बढाएको गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर ले जानकारी दिनुभयो। अध्यक्ष मानन्धरको अनुसार अस्पताल निर्माण कार्य समयमै सम्पन्न गर्न गाउँपालिकाले निर्माण व्यवसायीसँग आवश्यक सहकार्य गर्दै आइरहेको छ। अस्पताल सञ्चालनमा आएपछि सामान्य स्वास्थ्य सेवा, प्रसूति सेवा, आकस्मिक उपचार लगायतका सुविधा उपलब्ध हुने अध्यक्ष मानन्धरले विश्वास व्यक्त समेत गर्नुभयो। गाउँपालिका भित्र सुविधा सम्पन्न अस्पताल नहुँदा सामान्य उपचारका लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता भोगिरहेका स्थानीयले अब आफ्नै क्षेत्रमा सेवा पाउने दिन नजिकदै गईरहेको अध्यक्ष मानन्धरको भनाई छ । स्थानीय स्तरमा अस्पताल निर्माण हुँदा स्थानीय ज्येष्ठ नागरिक, गर्भवती महिला तथा बालबालिकालाई ठूलो राहत पुग्ने अध्यक्ष मानन्धरले विश्वास व्यत्त गर्नुभयो । तोकिएको समयमै अस्पताल सञ्चालनमा ल्याउन निर्माण व्यवसायी,स्थानीयसँग सहकार्य गर्दै आईरहेकोले निर्धारित समयमै काम सम्पन्न हुनेमा विस्वास व्यत्त गर्दे अस्पताल सञ्चालनको तयारीस्वरूप दक्ष स्वास्थ्यकर्मी व्यवस्थापन तथा आवश्यक औषधि आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको अध्यक्ष मानन्धरले जानकारी दिनुभयो। अस्पताल सञ्चालनमा आएपछि स्याङजा जिल्ला को ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको स्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको वडा नं ३ का वडा अध्यक्ष एवं हरिनास गाँउपालिकाका प्रवत्ता ओम सिग्देलको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.