वालिङमा कक्षा ८ को नगरस्तरीय परीक्षामा तोकीयो २५ केन्द्राध्यक्ष
वालिङ,चैत्र ०५ गते
वालिङ नगरपालिका ले कक्षा ८ को नगरस्तरीय परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन २५ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्षलाई जिम्मेवारी तोकेको छ। नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई एउटै मापदण्डअनुसार परीक्षा सञ्चालन गर्दै शैक्षिक गुणस्तर सुधार गर्ने लक्ष्य लिएको जनाएको छ। यसले प्रतिस्पर्धात्मक र समान अवसरयुक्त शिक्षा प्रणाली निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ। नगर शिक्षा प्रमुख ख्यामनारायण काफ्ले ले परीक्षा निष्पक्ष, पारदर्शी र अनुशासित रूपमा सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा गरिएको बताउनुभयो। उहाँका अनुसार नगरस्तरमै एउटै प्रश्नपत्र र मूल्यांकन प्रणाली लागू गरिँदा विद्यार्थीको वास्तविक शैक्षिक स्तर मापन गर्न सहज हुनेछ। परीक्षा चैत्र ५ गते देखि संचालन हुने र १२ गते सम्पन्न हुने नगर शिक्षा अधिकृत गिता पाठकले बताउनुभयो ।यस वर्ष नगरभित्रका ३५ विद्यालयका ९४३ विद्यार्थीले उक्त परीक्षामा सहभागी हुँदैछन्। परीक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन अनुगमन तथा सहजीकरणका लागि विशेष टोली समेत परिचालन गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाको यो प्रयासले स्थानीय तहमा गुणस्तरीय शिक्षा प्रवर्द्धनका साथै दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्