बिरुवा गाउँपालिकामा स्वास्थ्य सेवा सुधारका लागि एमएसएस समीक्षा तथा कोल्ड चेन अभिमुखीकरण सम्पन्न
माधब गैह्रै,स्याङजा बैसाख,११
बिरुवा गाउँपालिकाद्वारा स्वास्थ्य क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले स्वास्थ्य चौकीहरूको न्यूनतम सेवा मापदण्ड ९एमएसएस० सम्बन्धी समीक्षा, फलोअप, अनुगमन तथा कोल्ड चेन व्यवस्थापनबारे अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको छ। कार्यक्रम गाउँपालिकाको समन्वयमा सञ्चालन गरिएको थियो, जसमा विभिन्न स्वास्थ्य संस्थाका इन्चार्ज, स्वास्थ्यकर्मी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रममा स्वास्थ्य चौकीहरूले प्रदान गर्दै आएका सेवाको वर्तमान अवस्था, सुधार गर्नुपर्ने पक्षहरू तथा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने उपायहरूबारे विस्तृत छलफल गरिएको थियो। विशेषगरी कोल्ड चेन व्यवस्थापनमार्फत खोपको गुणस्तर सुरक्षित राख्ने, भण्डारण तथा वितरण प्रणालीलाई व्यवस्थित गर्ने विषयमा सहभागीहरूलाई व्यवहारिक जानकारी प्रदान गरिएको थियो।
यस अभिमुखीकरणले स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न, सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा उपलब्ध गराउन तथा खोप कार्यक्रमलाई थप व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, नियमित अनुगमन र मूल्यांकनमार्फत स्वास्थ्य संस्थाहरूको कार्यसम्पादनमा सुधार ल्याउने लक्ष्य पनि राखिएको छ।
गाउँपालिकाले आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै समग्र स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।






प्रतिक्रिया राख्नुहोस्