सहकारीका सञ्चालक तथा कर्मचारीलाई ‘आधारशिला’ तालिम ।

वालिङ,जेठ १९ गते । राधाकृष्ण डुम्रे

स्याङ्जाका बिभिन्न सहकारी संस्थाका सञ्चालक र कर्मचारीलाई मङगलबार (आज) बाट आधारशीला तालिम दिन सुरु गरिएको छ ।
व्यवहार परिवर्तन, सकारात्मक सोचको विकासका साथै सामुहिक हितका कार्यको प्रवर्धनका लागि हेफर आधारशीला तालिम दिन सुरु गरिएको हो । वालिङको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था र त्रियासी कृषि बजार व्यवस्थापन सहकारी संस्था तथा गल्याङ् नगरपालिकाको पकवादी कृषि सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीहरुलाई आधारशीला तालिम दिन सुरु गरिएको हो ।
वालिङमा भएको तालिमको शुभारम्भ गर्नु हुँदै वालिङ नगरपालिकाका उपप्रमुख कविता तिवारी गैह्रेले उद्यमशीलतासँगै व्यवहारमा समेत परिवर्तन हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो,“सकारात्मक सोच र सवैको सहकार्यमा काम गर्ने हो भने सहजै सफलता मिल्न सक्छ ।”नगरपालिकाले हेफर तथा दियालोसँग मिलेर गरिरहेको कामका बारेमा जानकारी गराउनु हुँदै उपप्रमुख तिवारीले सकारात्मक सोच र व्यवहार परिवर्तन गराउन कार्यक्रम सफल भएको बताउनु भयो । व्यवहार परिवर्तन,मेलमिलाप,सहकार्य अहिलेको आवश्यक्ता रहेकोमा उहाँको जोड छ । साना किसानका लागि कार्यक्रमले सहयोग गरिरहेकको उपप्रमुख तिवारीले बताउनु भयो ।
कार्यक्रममा हेफर प्रोजेक्ट ईन्टरनेशनलका बरिष्ठ कार्यक्रम अधिकृत बिष्णु प्रसाद पाण्डेले सहकारीहरुसँग मिलेर काम गर्ने पालिकाको योजना रहेकाले आफूहरु त्यही अनुसार क्रियाकलाप गर्दै आएको बताउनु भयो । सो अवसरमा वालिङको वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङ, त्रियासी कृषि बजार व्यवस्थापन सहकारी संस्थाका अध्यक्ष अर्जुनप्रकाश अर्याल,दियालो संस्थाका उपाध्यक्ष बिष्णु सुवेदी,वालिङ कृषि विकास परियोजनाका कार्यक्रम संयोजक राधाकृष्ण डुम्रे लगायतले बोल्नु भएको थियो । तालिममा हेफर प्रोजेक्ट ईन्टरनेशनल नेपालका सामाजिक पूँजी विकासका प्रवन्धक शकुन्तला रसाली र तालिम अधिकृत बिष्णुप्रसाद कँडेलले सहजीकरण गर्नु भएको छ । तीन दिन सम्म सञ्चलन हुने कार्यक्रममा ३३ जनाको सहभागिता रहेको छ ।
वालिङ नगरपालिकामा दियालो संस्थासँगको सहकार्यमा वालिङ कृषि विकास परियोजना र गल्याङ् नगरपालिकामा नयाँ गोरेटो संस्थासँगको सहकार्यमा गल्याङ पशु तथा कृषि विककास परियोजना सञ्चलनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.