स्याङ्जाको बिरुवा गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न

मेरो दृष्टि सम्बादाता असार,११ वालिङ

स्याङ्जाको बिरुवा गाउँपालिकाको १९ औं गाउँसभा सम्पन्न गरेको छ । गाँउसभामा विरुवा गाउँपालिकाका अध्यक्ष सुर्य बहादुर कुँवरले ७ गते निति तथा कार्यक्रम प्रस्तुत सम्पन्न गरी सही अधीवेशनको चौथो बैठक बाट उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८३÷०८४ को लागि ५१ करोड ६२ लाख ६८ हजार बराबरको अनुमानित बजेट प्रस्तुत गर्दे सभाको सम्पन्न भएको हो । उपाध्यक्ष शर्माले नेपाल सरकार बाट वित्तीय समानिकरण अनुदान तर्फ ८ करोड ५५ लाख, नेपाल सरकार बाट सशर्त अनुदान तर्फ २४ करोड ५७ लाख, सङ्घीय राजश्व बाँडफाँट तर्फ ७ करोड ४७ लाख अनुमान गर्दे बजेट प्रस्तुत गर्नु भएको थियो। यसैगरी प्रदेश वित्तीय समानिकरण अनुदान तर्फ १ करोड ६ लाख ७३ हजार, प्रदेश राजश्व बाँडफाँटतर्फ ७४ लाख ७४ हजार, प्रदेश समपूरक अनुदान तर्फ रु। ६० लाख, प्रदेश विशेष अनुदान रु। ४० लाख बराबरको बजेट प्रस्तुत गरिएको छ ।
सङ्घीय विशेष अनुदानतर्फ रु। ९८ लाख र सङ्घीय समपूरकतर्फ २ करोड २९ लाख अनुमान गरिएको छ । बचत रु ३ करोड ८६ लाख र आन्तरिक आयश्रोत तर्फ १ करोड ०८ लाख प्राप्त हुने अनुमान गरिएको छ । आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ रु। ३५ करोड ९७ लाख ६१ हजार प्रस्ताव गरिएको छ । यो कूल बजेटको ६९।६८ प्रतिशत हुनु आउँछ । यसमध्ये बाट गाउँपालिका अन्तर्गत रहेका सम्पूर्ण कर्मचारी र शिक्षकहरुको तलव भत्ता तथा कार्यालय सञ्चालन खर्चसमेत प्रस्ताव गरिएको छ । यसैगरी चालु खर्च तर्फ नै जनप्रतिनिधिहरुको सेवा सुविधासमेत प्रस्ताव गरिएको छ । यस्तैगरी पूजीगत खर्च तर्फ आर्थिक विकास क्षेत्रमा १३।३३ प्रतिशत, सामाजिक विकास क्षेत्रमा २६।८२ प्रतिशत, भौतिक पूर्वाधारमा ५१।४७ प्रतिशत, वन वातावरण तथा विपद व्यवस्थापनमा ४।४१ प्रतिशत, संस्थागत विकास तथा सेवा प्रवाहमा ४।२१ प्रतिशत गरी कूल १५ करोड ६२ लाख ४७ हजार विनियोजन गरिएको छ ।
सडक पूर्वाधार तर्फ साथै गाउँपालिकाको केन्द्रबाट वडा कार्यालय जोड्ने गाउँपालिकाका रणनीतिक सडकहरु बाह्रै महिना यातायात संचालन गर्न ललाङ् तर्ले कुसुमभञ्ज्याङ् सडकका लागि रु २ करोड ६९ लाख, भन्ज्याङ बाहु बिरुवा सडक स्तरोउन्नती रु १ करोड ६ लाख, बेलघारी मेथाभुरुङ सपाउँदे सडक स्तरोन्नती रु। १ करोड ४३ लाख, खाली बिरुवा सडकका लागि रु ३० लाख, बिरुवा शिखरशिहं दह सडक स्तरोन्नतीका लागि रु २२ लाख विनियोजन गरेको छ । पालिकास्तरीय अस्पताल सञ्चालनको लागी रु। १ करोड ४८ लाख रुपैया विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेटमा भवन तथा सडक पूर्वाधारकासाथै कृषि, शिक्षा र रोजगारको क्षेत्रलाई प्राथमिकतामा पारिएको छ । जसमा वास्तविक कृषकको पहिचान गरी कृषि उत्पादनलाई थप प्रभावकारी बनाउन कृषक अनुदानमा रु।१० लाख, ५० प्रतिशत अनुदानमा कृषि बीउविजन वितरण कार्यक्रमको लागि बजेट व्यवस्था गरिएको छ । यो सँगै बजारोन्मुख बस्तीहरुको भित्रि बाटो निर्माण र सामुदायिक भवन निर्माणमा उपभोक्ता सँग साझेदारी गर्न समेत आवश्यक बजेट विनियोजन गरेको छ । यसैगरी शिक्षा तर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई प्रोत्साहन स्वरुप पोषणयुक्त खाजा व्यवस्था गर्न सङ्घीय सरकारले तोकेको दरमा वृद्धि गर्न रु। ७ लाख बजेट विनियोजन गरिएको छ । पालिका भित्रका अभिभावक विहिन बालबालिकाहरुको अभिभावकत्व गाउँपालिकाले ग्रहण गरी कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलान आवश्यक बजेटको व्यवस्था गरिएको छ ।
प्रधानमन्त्री कार्यक्रम मार्फत बेरोजगार सूचीमा सूचिकृत १ सय दिन बराबरको रोजगारी प्रदान गरिएकोमा साझेदारीको लागि रु। १० लाख ४७ हजार बजेट व्यवस्था गरिएको छ । अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा कामदारहरुलाई र करार सेवामा कार्यरत कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गर्नका लागि रु।४५ लाख बजेटको व्यवस्था गरेको छ ।
गाउँपालिकाको १९ औं अधिवेशनको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सम्पन्न गरेको बिरुवा गाउँपालिकाले बुधबार आर्थिक वर्ष २०८३÷८४ को अनुमानित बजेट प्रस्तुतसँगै सर्वसम्मतले पारित भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.