केन्द्रीय कार्यालय उद्घाटनमा कुन कुन योगदानकर्तालाई सम्झिए सीईओ आचार्यले
मेरो दृष्टि सम्बादाता भदौ ४,स्याङजा
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद आचार्यले बैंकको स्थापना र विकासमा योगदान गर्ने संस्थापक अध्यक्ष जलेश्वर पाण्डे, दिलीपप्रताप खाँड, चन्द्रकान्त बराल, श्यामप्रसाद बस्याल लगायतको नेतृत्वको टोलीलाई स्मरण गरेका छन् । गरिमा विकास बैंकको आफ्नै केन्द्रीय कार्यालय भवनको उत्घाटन समारोहमा सञ्चारकर्मी संग बोल्दै आचार्यले वालिङ देखि देशकै सदरमुकाम काठमान्डौ सम्म पुग्दा संस्थापक नेतृत्वदेखि अन्य सहयोगी तथा सुभचिन्तक हरुको साथ बाट सम्भव भएको बताउँदै आचार्यले सस्थापक लगाएत अन्य सहयोगीहरुलाई सम्मान र आभार व्यक्त गर्नुभएको हो । संस्थापक नेतृत्वको दूरदृष्टि, सञ्चालक तथा कर्मचारीको निरन्तर मेहनत र शेयरधनी तथा ग्राहकको विश्वासकै कारण गरिमा विकास बैंक आजको अवस्थामा आइपुगेको बताउँदै आचार्यले गरिमा विकास बैंकको यात्रालाई एउटा बच्चा जन्मिएदेखि हुर्काउने, बढाउने र संरक्षण गर्ने प्रक्रियासँग तुलना समेत गरेका छन् “एउटा बच्चा जन्माउनु मात्र पर्याप्त हुँदैन, त्यसलाई हुर्काउनुपर्छ, बढाउनुपर्छ र जोगाउनुपर्छ। संस्था पनि त्यस्तै हो,” उनले भने। गरिमा विकास बैंकलाई स्थापना गरेर आजको उचाइसम्म ल्याउने क्रममा धेरै व्यक्तिले विभिन्न कालखण्डमा महत्वपूर्ण योगदान गरेको उनले बताए। वालिङबाट सुरु भएको गरिमाको यात्रालाई स्मरण गर्दै आचार्यले बैंकको विस्तारसँगै कार्यालय पनि विभिन्न स्थानमा सर्दै आएको बताउँदै अहिले आफ्नै भवनबाट सञ्चालनमा आउनुले संस्थागत यात्राको महत्वपूर्ण चरण पूरा भएको उनको भनाइ थियो। “धेरै बैंकहरू सहरदेखि गाउँ पसे, गरिमा भने गाउँदेखि सहर आयो। आज गरिमा आफ्नै घरमा आइपुगेको छ,” आचार्यले भने। उनका अनुसार वालिङबाट सीमित चुक्ता पुँजी र शेयरधनीबाट सुरु भएको गरिमा विकास बैंक अहिले ठूलो ग्राहक आधार, लाखौँ शेयरधनी र देशभर फैलिएको शाखा सञ्जालसहितको वित्तीय संस्थाका रूपमा स्थापित भएको छ। आचार्यले आफू पनि बैंक स्थापनाको सुरुआती चरणदेखि नै संस्थासँग जोडिएको कर्मचारी भएको स्मरण गर्दै गरिमाको विकास आफ्नो व्यक्तिगत यात्रासँग समेत जोडिएको बताउँदै “यो संस्था हुर्कँदा, ठूलो हुँदा र राम्रो हुँदै जाँदा स्वाभाविक रूपमा अत्यन्त खुसी लागेको आचार्यको भनाई थियो । आचार्यले गरिमाको सफलता भवन, शाखा र पुँजी विस्तारमा मात्र नभई ग्राहक र समुदायको हितमा रहेको बताउँदै आगामी दिनमा थप ग्राहककेन्द्रित भएर काम गर्ने उनको भनाई थियो ।






प्रतिक्रिया राख्नुहोस्