गल्याङ नगरपालिकामा आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन भएका स्वास्थ्य कार्यक्रमहरूको वार्षिक समीक्षा गरिएको छ। समीक्षा कार्यक्रममा वर्षभरि सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमका लक्षित सूचक, प्राप्त उपलब्धि तथा सेवा प्रवाहको अवस्थाबारे विश्लेषण गरिएको थियो। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या तथा चुनौती पहिचान गर्दै आगामी आर्थिक वर्षमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक सुधारका विषयमा छलफल गरिएको थियो। साथै पहिचान भएका समस्या समाधान तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि आवश्यक कार्ययोजना निर्माण गर्ने विषयमा समेत सहभागीबीच छलफल भएको थियो। स्वास्थ्य कार्यक्रमको उपलब्धि र कमजोरीको समीक्षा गर्दै आगामी वर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले वार्षिक समीक्षा कार्यक्रम आयोजना गरिएको गल्याङ नगरप्रमुख गुरु प्रसाद भट्राईले बनाउनुभयो ।
Back to top button
प्रतिक्रिया राख्नुहोस्