वडा प्रहरी वालिङ र स्थानीयको सक्रियतामा आँधीखोलाबाट महिलाको शव उद्धार
मेरो दृष्टि सम्बादाता भदौ ३०,वालिङ
स्याङ्जाको वालिङ नगरपालिका–९, भुम्रे स्थीत आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी एक महिला खोलाको बीच ढुङ्गामा अड्किएको अवस्थामा भेटिएकी छन्। आँधीखोलामा नुहाउने क्रममा खोलाले बगाए पछि वालिङ–९ भुम्रे बस्ने ५३ वर्षीया माया पाण्डे मृत्त अवस्थामा भेटीएकी हुन् । वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायब निरीक्षक प्रताप पौडेलको अनुसार खोजी गर्ने क्रममा पाण्डेलाई गाहाखोला नजिक आँधीखोलाको बीचमा ढुङ्गामा मृत अवस्थामा फेला पारिएको थियो । ७ जनाको प्रहरी टोली र स्थानीय मिलेर तत्काल खोजी तथा उद्धारका लागि परिचालन भए पस्चात घटना घटेको एक घन्टा भित्रै उद्धार कार्य गर्न सफल भएको प्रहरी नायब निरीक्षक पौडेलको भनाई छ । । घटनाबारे थप अनुसन्धान तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया राख्नुहोस्