सामुदायिक साकोस र युनाइटेड रेफरेन्स ल्याबोरेटरीबीच सम्झौता सम्पन्न
मेरो दृष्टि सम्बादाता मंसीर ९,वालिङ
सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड रेफरेन्स ल्याबोरेटरी, न्युरोड पोखराबीच स्वास्थ्य परीक्षणमा छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। मङ्गलबार आयोजित एक कार्यक्रमका बीच सामुदायिक साकोसका तर्फबाट संस्थाका व्यवस्थापक तथा सहकारी व्यवस्थापक क्लब स्याङ्जाका अध्यक्ष शिव वाग्ले र युनाइटेड रेफरेन्स ल्याबोरेटरीका तर्फबाट अध्यक्ष ठाकुरप्रसाद पन्तले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो। सम्झौताअनुसार सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका शेयर सदस्यहरूले युनाइटेड रेफरेन्स ल्याबोरेटरीमा स्वास्थ्य परीक्षण गराउँदा सहकारी संस्थाले जारी गरेको परिचयपत्र, बचत पुस्तिका वा शेयर प्रमाणपत्रका आधारमा २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। युनाइटेड रेफरेन्स ल्याबोरेटरीका स्याङ्जाको पुतलीबजारसहित गण्डकी प्रदेशका विभिन्न स्थानमा २४ वटा शाखा सञ्चालनमा रहेका छन्। यस सुविधाबाट लाभ लिन सामुदायिक साकोसले आफ्ना सम्पूर्ण शेयर सदस्यहरूलाई आग्रह गरेको छ।






प्रतिक्रिया राख्नुहोस्