अर्थकर्णालीजीवनशैलीप्रबिधिबिश्वसुदुर पश्चिम

बाँझो जमिनको सदुपयोग

दैलेख, असार २५ः दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकाका २६ स्थानमा रहेको बाँझो जमिन सदुपयोग गरेको छ । पालिकाका वडा नं. १ देखि ६ सम्मका २६ स्थानमा बाँझो जमिन सदुपयोग गर्दै, डालेघाँस, अलैची, फलफुल, कोदो, सिमि लगाउने काम सुरु गरिएको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताउनुभयो ।

कोरोना संक्रमणसँगै गाउँमा फर्किएका युवाहरुलाई स्थानीय सहकारी र समुहमार्फत परिचालन गरेर गाउँमै रोजगारी दिने र बाँझो जमिन सदुपयोग गर्ने अभियान सुरु गरेको जानकारी दिएका छन् ।

पालिकाका सबै किसानहरुले उत्पादन गरेको कोदो, मकै, धान, गहुँ, तरकारी र अन्य कृषि उपज बस्तुहरुको मुल्य पहिल्यै निर्धारण गरिदिने र बिक्रि गर्ने स्थान सम्मको ढुवानी पालिकाले बोहेर्ने नीति तयार गरिएको भगवतीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले जानकारी दिनुभयो ।

अहिले भगवतीमाई गाउँपालिका वडा नं. ६ को चिफिनमा पौरखी सहकारी संस्थाले २ सय रोपनीमा सिमि र कोदो लगाएको छ । किसानहरुले समूहगत रुपमा बाँझो जमिनमा लगायका बिभिन्न तरकारी, फलफुल र लोपउन्मुख बाली उत्पादन गर्ने तयारी गरेको सहकारीका अध्यक्ष गणेश रोकायले जानकारी दिएका छन् ।

गाउँमा बेरोजगार युवाहरुका लागि यस्तै महत्वपूर्ण कार्यक्रमहरु हरेक पालिकाहरुमा सुरु हुन सके बाँझो जमिनको सदुपयोग हुने र गाउँमै रोजगारी हुने रोकायको भनाई छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.