मेरो दृष्टि संवाददाता
स्याङजा , साउन ८
केही समय अगाडी ‘गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुखको आत्महत्यामा नगरप्रमुखको संल्ग्नता’ भन्ने शिर्षकमा प्रकाशित समाचारले गल्याङ मात्र होइन सिङ्गो देशभर तरङ्ग पैदा भयो ।
कुनै पनि आधार बिना न्यायिक निरुपण नभैसकेको समाचारमा आपत्तिजनक शिर्षक राखि तस्बिर नै छापिनु पत्रकार आचार सहिंता विपरीत भएको भन्दै प्रेस काउन्सिलले खण्डन प्रकाशान गर्न र आगामी दिनमा सावधानी अपनाउन निर्देशित गरेको छ ।
गत जेठ २५ गते स्वास्थ्य शाखा प्रमुख लिलाबल्लौ भण्डारी घरबाट अफिस जान हिँडेको तर अफिस नपुगेपछी खोजी कार्य भैरहेको थियो । सम्पर्क बिहीन भएका भण्डारी सोही दिन साँझ घर नजिकैको आफ्नै बारीको रुखमा झुण्डिएको अबस्थामा मृत भेटिएका थिए । सोही घटनालाइ जोडेर नगरप्रमुख अधिकारीको तस्बिर नै प्रकाशित गरेर नेपाल बहस अनलाइन र सामाजिक संजालमा समाचार प्रकाशित भएको थियो ।
सोही समाचार माथी चित्त नबुझेको कारण नगरप्रमुख अधिकारीले प्रेस काउन्सिलमा उजुरी दिएका थिए । उजुरी माथी छलफल गर्दै पत्रकार आचार संहिता २०७३को (पहिलो संशेधन २०७६) को दफा ४(६) र ५(११) को उल्लंघन भएकोले खण्डन प्रकाशान गर्न र आगामी दिनमा सावधानी अपनाउन प्रेस काउन्सिलले निर्देशित गरेको छ ।
पछिल्लो समय च्याउ झँै उम्रीएका अनलाइन र पत्रकारीताको न्युनतम ज्ञान नहुँदा यस्ता समस्या आएको बताउँदै अधिकारीले भने , ‘एकातिर स्वास्थ्य शाखा प्रमुख गुमाएको अवस्था अर्कोतीर संचारकर्मीको मलाइ सक्ने भूमिक खेले । कम्तिमा पनि मेरो तस्बिर प्रकाशित गर्दै गर्दा मलाइ सोध्न वा मेरो धारण राख्न त पाउनु पर्र्र्दथ्यो । ’
मरेको लास माथी पनि राजनिती गरिनुले संचार क्षेत्र र हाम्रो समाजको यथार्थ दृश्य झल्किएको अधिकारी बताउँछन् । यस्ता अनलाइनको बर्गिकरण र पत्रकारीताको न्युनतम मापदण्ड व्यवहारमा लागु नभएसम्म पाठकले सत्य तथ्य समाचार पढ्न नपाएको उनको दाबी छ ।