सुमन कार्की
पाल्पा,१७ साउन
गीतको भिडियोमा नेपालमा भएका यर्थात गतिविधिलाई व्यंग्य गर्दे प्रस्तुत गरीएको देख्न पाइन्छ । गीतमा स्वर तथा लय शब्द स्वयंम प्रदिप गैरेकै रहेको छ भने गीतमा सुरज सुर्यवंसी, तारा व.कार्की, विमल नेपालको वेजोड अभिनय देख्न सकिन्छ । गीतलाई आशिका प्रोडक्सन पाल्पाको युवट्युव मार्फत वजारमा ल्याइएको छ । गीतलाई पाल्पाली हाँस्य कलाकार शंकर घिमिरे ( पण्डित बा )ले निर्देशन गरेका छन् । गीतमा नृत्य निर्देशन राज राईले गरेका हुन् ।
प्रदिप गैरेले यस गीत सगै ३ वटा गीतमा आफ्नो स्वर भरेका छन् । यो गीतले देशमा भएका गतिविहरुलाई व्यग्य गर्दे भिडियो बनेको हुनाले अहिलेको युवा पुस्ता संगै वृद्धहरुको समेत मन छुने गायक गैरेको भनाई छ ।
गायक प्रदिप गैरे हाँस्य कलाकार समेत हुन उनले धेरै टेलिसिरीय तथा टेलिफिल्म समेत खेलेका छन् । गीतको अधिकाम्स दृश्यहरु पाल्पाको दि दरवार रिर्सोटमा भएको छ । गीतलाई दृश्यमा आशिका प्रोडक्सनले उतारेकोे हो ।