आज जनै पुर्णिमा तथा रक्षा बन्धन । देशभर तागाधारी समुदायले देशभर हातमा तागा बाँधेर मनाउने गर्दछन् । पछिल्लो समयमा नयाँ पुस्ताले यसलाइ चासोको साथ नहेरेता पनि यस्को आफ्नै बैज्ञनिक महत्व रहेको छ । जनै धारण गर्नाले चञ्चल चित्तलाई वशमा राख्न सकिने तथा व्यक्तिमा सद्गुणको विकास हुने विश्वास गरिन्छ । काम, क्रोधजस्ता नकारात्मक आवेगहरुमा नियन्त्रण राख्न सजिलो हुने विश्वास समेत गरिन्छ ।
जनै धारण गर्नाले आयु, बुद्धि, तेज र बलको श्रीवृद्धि हुने तथा यसमा प्रयुक्त हुने डोराग्रन्थ र शिखाले ज्ञान र जीवनबारे सही मार्गमा लैजान सहयोग गर्छ । अज्ञानवश वा भूलवश गरेका दोषयुक्त कृत्यहरुको प्रायश्चित्तका लागि र भविष्यमा त्यस्ता गल्तीहरु नदोहोर्याई सत्मार्गमा अभिप्रेरित हुन समेत जनैपूर्णिमाको दिन विधिपूर्वक जनैधारण गरिन्छ ।
जनै लगाउनाले हृदय रोगको सम्भावनालाई समेथ कम गर्ने मत रहेको पाइन्छ । चिकित्सा विज्ञानका अनुसार दायाँ कानको नशा अण्डकोष र गुप्तेन्द्रियसँग जोडिएको हुनाले दिशा(पिसाब गर्ने समयमा दायाँ कानमा जनै राख्नाले शुक्रकिटको रक्षा हुनुको साथै बायाँ काँधमा जनै राखेर सुतेमा नराम्रो सपना देख्ने समस्याबाट मुक्ति मिल्ने विस्वास गरिन्छ ।