headline 2गण्डकीस्वास्थ्य

स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत वालिङ हस्पिटल सुचिकृत

नेपाल सरकारद्वारा लागु गरिएको स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत वालिङ हस्पिटल सुचिकृत भएको छ । विगत ३ बर्ष अगाडी देखी स्याङजाको भकुन्डे ठाडोलाइनमा स्थापना भएको यस हस्पिटलमा स्याङजाका आधा आधी भुभाग र पर्वतको केही बेल्टका विरामीहरुले सेवा लिदै आइरहेका थिय । नेपाल सरकार बाट लागु गरिएको स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत यो हस्पिटल सुचिकृत भएपिछ यहाँ विरामी भइ चेक जाँच गराउने विरामीले स्वास्थ्य वीमाको फाइदा लिन सक्नेछन् । यो सेवा लिन वीमितहरुले स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत केन्द्रबाट सिफारिस सहित वा इमर्जेन्सी सेवामा वीमा कार्ड देखाई सेवा लिन सक्ने हस्पिटलका अध्यक्ष शोभकान्त पौड्यालको भनाइ छ । हस्पिटलमा हप्ताको एक दिन विशेषज्ञ डाक्टरहरुको उपस्थिति सहितको प्राविधिक टोलीद्धारा उपचार सेवा सन्चालन भैरहेकोले अव सेवा लिनको लागि पोखरा ,पाल्पा जानु नपर्ने अध्यक्ष पौड्यलको भनाइ छ । हस्पिटलले निम्न सेवा प्रदान गर्दे आइरहेकोले अव विरामी टाढा जानु पर्ने बाध्यता नरहेको अध्यक्ष पौड्यलको भनाइ छ । पौडेलको अनुसार हस्पिटलले दिने सेवाहरु निम्न रहेका छन् । १ ओपिडी सेवा अन्तर्गत रु ५० र इमर्जेन्सी सेवा अन्तर्गत रु १०० मा चेकजाँच सेवा उपलब्ध गराइएको छ ।

२ २४सै घण्टा डाक्टर सहित अन्य प्राविधिकद्धारा इमर्जेन्सी सेवा प्रदान ।

३ अत्याधुनिक ल्याब प्रयोगशाला मा रगत, दिसा, पिसाब, खकार, विर्य परीक्षण सेवा ।

४ मेसिनद्धारा थाइराईड परीक्षण सेवा ।

५ ५०० एम।ए को अत्याधुनिक डिजिटल एक्सरे सेवा ।

६ अत्याधुनिक रंगीन भिडियो एक्सरे मेशिनद्धारा पेट, छाती, मुटुको भिडियो एक्सरे तथा इ।सि।जी। सेवा ।

७ २४सै घण्टा सर्वसुलभ फार्मेसी सेवा ।

८ सफा र स्वस्थकर वातावरणीय कक्षमा विरामी भर्ना ।

९ २४सै घण्टा एम्बुलेन्स सेवा ।

१० शरिरको सम्पूर्ण ल्याब परीक्षण ।

११ वैदेशिक रोजगारमा जानेहरुका लागि आवश्यक मेडिकल चेकजाँच र रिपोर्टको ब्यवस्था ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.