headline 2गण्डकीमोफसल

कल्याण्ी आधारभूत विद्यालयको भवन सिलान्यास

सुमन कार्की पाल्पा २ भाद्र पाल्पाको तिनाउँ गाउँपालिका वडा नं.५ चौविसमाइलमा रहेको कल्याण्ी आधारभूत विद्यालयको भवन सिलान्यास गरिएको छ । राष्टिय पुर्न निर्माण प्राधिकरण मार्फत ७२ लाख लगानीमा बन्न लागेको भवनको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्र्तीले उद्घाटन गर्नुभएको छ । कोभिड १९को महामारीको कारण शिक्षा क्षेत्रमा ठूलो क्षति भएकोले यस्तो अवस्थामा बन्न लागेको भवन समयमै सम्पन्न हुने र शैक्षिक विकासमा सहयोग गर्ने अध्यक्ष घर्र्तीले बताउनुभयो । विद्यालयको कक्षा ५ सम्म केराबारीमा रहेको र विद्यार्र्थी संख्या कम भएका कारण मर्ज वा अन्यत्र स्थानन्तरण गर्ने विषयमा समेत छलफल भएको थियो । चौविस माइलमा सारिएको विद्यालयको १ सय ६५ जना विद्यार्र्थीहरु रहेका छन । विद्यालयको कक्षा ५ र ८ को नतिजा राम्रो रहेको विद्यालयका प्र.अ.ले जनकारी दिनु भएको छ । पूर्न निर्माण प्राधिकरण मार्फत तिनाउँमा गत वर्ष ८ र अहिले १० वटा गरी १८ वटा विद्यालयको भवन परेको अध्यक्ष घर्र्तीले बताउनुभयो । उद्घाटनमा प्रधानाध्यापक सुन्दर गाहा, वडा अध्यक्ष दलबहादुर दर्लामी, जिल्ला शिक्षा समितिका सदस्य लगायतको सहभागिता रहेको थियो ।
Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.