मेरो दृष्टि संवाददाता
स्याङजा , ६ भदौ ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा अत्याधुनिक प्रशासनिक भवन निर्माण गरिने भएको छ । शुक्रवार गाउँपालिका अध्यक्ष खिम थापाले भवनको शिलन्यास गरेका छन् । वडा नं ४ गहलाममा निर्माण हुन लागेको अत्याधुनिक ३२ कोठे भवनमा स्तनपान कक्ष , अपाङ्गमैत्री सेवा लगाएतको सुविधा सेवाग्राहीले प्राप्त गर्नेछन् । स्थानीय तहको गठन भएको ३ वर्ष पछी निर्माण हुन लागेको भवन २८ रोपनी श्रेत्रफलमा निर्माण हुने गाउँपालिका अध्यक्ष खिम थापाले बताए ।
उक्त जग्गा स्थानीयहरुले निशुल्क उपलब्ध गराएका हुन् । जग्गा दातालाइ धन्यवाद ज्ञापन गर्दै गाउँपालिका अध्यक्ष थापाले भने , ‘आज सम्म पालिकाले आवश्यक जग्गा किन्न परेको छैन । भवन पनि यस क्षेत्रकै नमुना बन्ने छ । अत्याधुनीक भवनबाट प्रदान गरिने सेवा पनी प्रविधि मैत्री हुनेछ । ’
७ करोड ७० लाख ९७ हजार २ सय ६१ रुपैया बराबरको बजेटबाट प्रशासनीक भवन, अवासीय भवन र क्याण्टिन निर्माण हुने इन्जिनियर सागर आचार्यले बताए । श्यामसुन्दर निर्माण सेवा कम्पनी काठमाण्डौसंग भवन निर्माण गर्ने सम्झौता भएको छ । गएको असार ३० गते भएको सम्झौतामा १५ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने उल्लेख छ । यद्यपी ९ कुनै प्रविधिक कठिनाइ नभए ९ महिना भित्र निर्माण कार्य सम्पन्न गर्ने निर्माण व्यवसायी याम प्रशाद पाण्डेले बताए ।
कालिगण्डकीवासीले पालिकाको बिकाश निर्माणमा गरेको सहयोग अमुल्य रहेको गाउँपालिका उपाध्यक्ष साबित्री कोइरालाले बताइन् ।
श्यामसुन्दर निर्माण सेवा कम्पनी काठमाण्डौसंग भवन निर्माण गर्ने सम्झौता भएको छ । गएको असार ३० गते भएको सम्झौतामा १५ महिना भित्र भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता छ ।