स्याङ्जा ,असोज १६
स्याङ्जाको हरिनास गाउँपालिकामा घन प्रहार हुँदा एक जना ज्यान गएको छ । वडा नं ४ बाङ्गेश्वारा का ५८ वर्षिय प्रेम बहादुर कामीको घरमा रहेको अरानमा काम गरीरहेको अवस्थामा सोही गाउँका ३२ वर्षिय सुरेश थापाले घन प्रहार गरेका हुन् । कामीको टाउकोमा घन प्रहार भएपछि कामीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
घन प्रहार गर्ने सुरेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरिक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।