विगत ५५ बर्ष अगाडी देखि अपाङ जिवन विताउदै आइरहेका कालिगण्डकी गाँउपालिका यज्ञ मुर्ति भट्राइलाइ कालिगण्डकी गाँउपालिकाले घर बनाइदिएको छ ।
जन्म सिद्ध अपाङ जिवन विताउदै आइरहेका यज्ञ मुर्ति भट्राइलाइ गाँउपालिकाले ऐटेच्च ट्वाइलेट सहितको एक कोठे भवन निर्माण गरिदिएको हो । सामान्य परिवारमा जन्मिएका भट्राइ २०७२ सालको भुकम्प आए पछि गोठमा बस्दै आइरहेका थिय । हिड्न र बोल्न नसक्ने भट्राइ को परिवारले आर्थिक अभावका कारण घर बनाउन नसक्दा गोठमा राख्नु पर्ने बाध्यता रहेको यज्ञ मुर्तिका भाउजु जमुना भट्राइले बताउनु भयो ।
सर्प,बाघको डरले रात भर निदाउन नसकेकी जमुना अहिले पालिकाले घर निर्माण गरि चापी हस्तान्तरण गरे पछि भने ढुक्क संग निदाउन पाउने भएको उनको भनाइ छ ।
जमुनाले विवाह भएको दिन देखि अपाङग देवरको हेरचाह गर्दे आइरहेकी थिइन् । पालिकाले दुइ लाख सत्तरी हजार लागतमा स्यान्वेज प्यानलमा घर निर्माण गरि अपाङग भट्राइलाइ हस्तान्तरण गरेको हो । पालिकाले आर्थिक बर्ष २०७६ र ७७ मा आर्थिक अभावमा रहेका २ जना अपाङगलाइ घर निर्माण गरि सकेको छ ।
भट्राइ जस्तै आर्थिक हिसबले कम्जोरी रहेका,अपाङग लाइ सहयोग गर्ने उदेश्यले तथ्याङ संकलनको कार्य अगाडी बढीरहेको पालिकाका प्रमुख खिम थापाको भनाइ छ ।
थापाका अनुसार अपाङ पनि यही समाजको नागरिक भएकाले स्थानिय सरकारको प्रमुखको हैसियतले उनिहरुलको जिवन रक्षा गर्नु आफ्नो दाइत्व रहेको बताउनुभयो । थापाका अनुसार गाँउपालका भित्र आर्थिक स्थिति कमजोर भएका अपाङग हरुको तथ्याङक संकलन भइरहेको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गर्नुभयो ।