कोरोना भाइरसका कारण बन्दा बन्दी भएको पनि करिब ५ महिना पुग्न थालेको छ । देशभर विकास निर्माणका काम हरु पनि ठप्प छन् । तर स्याङजामा भने कोरोनाको बाबजुद पनि विकास निर्माणको काम भने रोकिएको छैन् । अहिले स्याङजामा एक बर्षमा नौ ओटा पुल निर्माण सम्पन्न भएका छन् ।
नौ ओटा पुल निर्माणको काम सम्पन्न हुने मध्य भिरकोट नगरपालिका अन्र्तगत लुब्दी खोलामा निर्माण गरिएको पुल सबै भन्दा छिटो सम्पन्न भएको हो । २०७६ असोजमा सम्झौता भई मङ्सिरबाट निर्माण कार्य सुरु गरिएको उक्त पुल वैशाखमा सम्पन्न भएको पूर्वाधार कार्यालयका प्रमुख सोभियत खड्काले बताए । यो पुल ६ महिनामै सम्पन्न भएको थियो ।