स्याङ्जाकी रेनुका पौडयाल खनालको पोर्चुगलमा निधन
नारायण चापागाँइ भदौ १३
पोर्चुगलमा एक नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ। उनि एक बर्ष अगाडी मात्रै पारिवारिक पुनर्मिलन भिषामा पोर्चुगल आएकी थिईन्।
स्याङग्जा जिल्लाको अर्जुन चौपारी गाँपा – ५ जन्मघर भई भएकी रेनुका पौडयाल खनालको स्तन क्यासरवाट पोर्चुगलमा हिजो ६:३० बजे साउ जोसे अस्पताल लिस्बनमा उपचारका क्रममा निधन भएको गैह्र आवासिय नेपाली संघ पोर्चुगलले जनाएको छ । पोर्चुगल आएसंगै बिरामी भएपछि उनको एक बर्षदेखी किमोथेरापी पद्धतीले उपचार भईरहेको पारिवारिक श्रोतले जनायो।
मृतक रेनुका आफ्ना श्रीमान् र एक बर्षकी छोरीका साथ पोर्चुगलमा बस्दै आएकी थिइन् । उनीहरुका अर्का १० बर्षिय एक छोरा नेपालमा अध्यनरत छन् ।
बिगत ९ महिनामा मात्रै पोर्चुगलमा १२ जना नेपालीहरुले ज्यान गुमाइ सकेका छन् ।सन् २०१० यता मात्रै पोर्चुगलमा ३९ नेपालीले ज्यान गुमाईसकेका छन्।






प्रतिक्रिया राख्नुहोस्