बाघको जस्तो देखिने ८१ वटा हड्डी सहित स्याङजामा एक युवा पक्राउ

नारायण चापागाई भदौ २८

बाघको जस्तो हड्डी घरमा लुकाइ राखेको अवश्थामा स्याङजा बाट एक युवालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका वडा नं १३ का रनिज केहर सिंह नेपाली रहेका छन् । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयले नेपालीको घरमा छापा हान्दा घरको दोस्रो तलाको ठेकी भित्र लुकाइ राखेको बाघको जस्तो देखिने शरिरको टाउको ,बङगरो ,च्यापु सहितको हाड फेला पारेको हो ।

नेपालीको घरबाट बरामद गरेका हड्डी डिभिजन बन कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ । निज नेपालीलाइ आवश्यक कार्वाहीको लागी डिभिजन बन कार्यालय स्याङजामा बुझाइएको जिल्ला प्रहरी कार्यलय स्याङजाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.