वालिङ–१४ तमादीमा नौ जना र कालीगण्डकी गौतमटोलका एकजना सहित १० जनाको ज्यान जाने गरी भएको घट्नाप्रति भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले दुःख व्यक्त गरेकी छन् ।
प्रेस विज्ञप्ति मार्फत वालिङ तमादीका एकै परिवारका नौजना र कालीगण्डकी गौतम टोलका १ जना गरी १० जनाको पहिरोमा परि ज्यान गुमाएकाहरु प्रति बिहीबार साँझ एक विज्ञप्ति निकाल्दै मन्त्री अर्याललेदुःख व्यक्त गरेकी हुन् ।
विज्ञप्तिमा ‘वालिङ र कालीगण्डकीको पहिरोका कारण १० जनाको निधनप्रति स्तब्ध रहेको बताउदै दुःखको क्षणमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेकी छन् ।
मन्त्री अर्यालले तमादी पहिरोमा जिविदै उद्धार गरिएकी मनिषा नेपालीको शिघ्र स्वास्थ्य लाभको कामना गरेकी छन् । मृतकका परिवारलाई सरकारको तर्फबाट राहत उपलब्ध गराउने कुरामा कुनै कमी नहुने मन्त्री अर्यालको भनाइ छ ।
यता वालिङ नगरपालिका का नगर प्रमुख दिलिप प्रताप खाँड ले पनि विज्ञप्ति निकालेका छन् । उनले विज्ञप्तिमा वालिङमा गएको पहिरोको कारण १० जनाको निधनप्रति स्तब्ध रहेको बताउदै दुःखको क्षणमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका छन् ।