headline 1

विश्व पर्यटन दिवसको अवसरमा आँधिखोलामा राफ्टिङ

के.सी भन्छन् , ‘क्षणीक लाभको लागि ढुङ्गा गिट्टी बेच्नुभन्दा दिर्घकालीन लाभको लागि पर्यटकलाइ प्रकृति बेचौँ । ’

विश्व पर्यटन दिवसको अवसरमा आँधिखोलामा राफ्टिङ
सुशिल सुबेदी
स्याङजा , असोज ११
कोरोना महामारीले थलीएको पर्यटन श्रेत्रलाई पुर्नउत्थान गर्ने उदेद्दयले स्याङ्जाको आँधिखोलामा पारिवारीक राफ्टिङको आयोजना गरिएको छ । विगत ७ वर्षदेखि आयोजना गरिँदै आएको राफ्टिङ यस वर्ष भने लकडाउनको कारण बन्द गरिएको थियो ।
विश्व पर्यटन दिवसको अबसरमा सरकारले देश दर्शन कार्यक्रम सुरु गरेको छ भने स्थानीय स्तरमा निजी श्रेत्रका पर्यटन व्यवसायी पनि पुर्नउत्थानको लागि चासो देखाएका हुन् ।
२०७० सालबाट प्रत्येक वर्ष साउन देखि असोज सम्म आयोजना गरिने राफ्टिङ यस वर्ष भने कोरोनाको कारण केही ढिलो आयोजना गरिएको हो । अन्यत्र वर्षातको समयमा राफ्टिङ नगरिने हुँदा आँधिखोलामा भने साउन देखि असोज नै उ्रत्तम हुने पर्यटन व्यवसायी कृष्ण जंग केसीले बताए ।
धार्मिक हिसाबले पनि निकै महत्वपूर्ण मानिने आँधिखोलामा नदीजन्य बस्तुको दोहनले आँफुहरु चिन्तित बनेको पर्यटन व्यवसायी कृष्ण जंग केसी बताउँछन् । उनी भन्छन् , ‘क्षणीक लाभको लागि ढुङ्गा गिट्टी बेच्नुभन्दा दिर्घकालीन लाभको लागि पर्यटकलाइ प्रकृति बेचौँ । ’
असोजको महिनाभर प्याकेजमा राफ्टिङको मज्जा लिन सकिने छ । पानिको बहाब र गहिराइ कम हुनेभएकोले आँधिखोलामा पारिवारिक राफ्टिङ गर्दा निकै आनन्द महुसुस हुने आन्तरिक पर्यटकहरु बताउँछन् । परिवार सँग राफ्टिङमा आएकी साकिरा अर्याल भन्छिन् , ‘साँच्चै आँधिखोला सुरक्षित रहेछ । डर छैन मज्जा धेरै भो । खोलामा बग्दै प्रकृति अवलोकन गर्दा स्वर्गको अनुभव गरेँ ।’
प्राकृतिक हिसाबले मात्रै होइन धार्मिक हिसाबले पनि विश्व पर्यटन दिवसको अवसरमा आँधिखोलामा राफ्टिङ

प्राकृतिक हिसाबले मात्रै होइन धार्मिक हिसाबले पनि यो खोला निकै महत्वपूर्ण मानिन्छ । धार्मिक पात्र श्रवण कुमारको अन्धाअन्धी माता पिताले पुत्र वियोगमा बगाएको आँशुबाट बनेको अन्धाअन्धी खोला हुँदै आँधिखोला भएको भन्ने धार्मिक विश्वास छ भने आँधिखोला स्याङ्जा जिल्लाको सभ्यता पनि हो ।
आंधिखोलाको संरक्षण र प्रवद्र्धन गर्दै आन्तरिक तथा वाहृय पर्यटकको आकर्षण बढाउन सके क्यानोनिइङ , प्याराग्लाइडिङ ,साईक्लिङ ,राफ्टिङ जस्ता सहासिक खेल स्याङ्जाको समृद्धिको आधार बन्न सक्छ ।
यो खोला निकै महत्वपूर्ण मानिन्छ । धार्मिक पात्र श्रवण कुमारको अन्धाअन्धी माता पिताले पुत्र वियोगमा बगाएको आँशुबाट बनेको अन्धाअन्धी खोला हुँदै आँधिखोला भएको भन्ने धार्मिक विश्वास छ भने आँधिखोला स्याङ्जा जिल्लाको सभ्यता पनि हो ।
आंधिखोलाको संरक्षण र प्रवद्र्धन गर्दै आन्तरिक तथा वाहृय पर्यटकको आकर्षण बढाउन सके क्यानोनिइङ , प्याराग्लाइडिङ ,साईक्लिङ ,राफ्टिङ जस्ता सहासिक खेल स्याङ्जाको समृद्धिको आधार बन्न सक्छ ।

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.