प्रर्वत स्टार विविसा द्धरा तमादी पहिरो पिडित लाइ नगद सहयोग

असोज १३ मेरो दृष्टि सम्बादाता

गत विहिबार तमादिमा गएको पहिरोमा जिवितै उद्धार भएकी मनिसा नेपालीलाइ विविसा क्षेत्रीले नगद ५ हजार सहयोग गरेकी छन् । वालिङ नगरपालिका वडा नं १० पाइनिअज रोड घर भएकी विविसाले आफ्नो जन्म दिनको उपलक्ष्यमा मनिसालाइ पोखरा अस्पतालमै भेटेर नगद सहयोग गरेकी हुन । १४ बर्षमा प्रवेस गरेकी विविसाले आफ्नै गाँउ ठाँउमा दुखद घटना भइरहेको अवश्थामा केक काटेर ,रमाइलो गरेर जन्मदिन मनाउनु भन्दा पनि दुखद अवश्थामा रहेका लाइ सहयोग गर्नु आफ्नो कर्तव्य रहेको भन्दै नगद सहयोग गरेको विविसाको भनाइ छ । बहुप्रतिभाकी धनी विविसा सानै उमेरमा प्रर्वत स्टार बाट सम्मानित समेत भइ सकेकी छन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.