समृद्धिको दिशामा प्रदेश सरकार : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशको मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले खानेपानी, स्वास्थ्य, पुर्वाधार, शिक्षा सबै क्षेत्रमा ठुलो प्रगति गरेको बताउँदै गुरुङले एक बर्ष भित्र हरेक घरमा बिजुली र खानेपानीको पहुँच पुग्ने बताए ।

सुशील सुवेदी
स्याङ्जा, मङसिर १४

गण्डकी प्रदेशको मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेश सरकार समृद्धिको दिशामा अघि बढेको बताएका छन् । पुतलीबजार नगरपालिका ७ मा बिश्व शान्ति स्तुपा को शिलन्यासका कार्यक्रममा बोल्दै गुरुङले भने , ‘हामिले सात वटै प्रदेश मध्ये ठुलो छलाङ मारेका छौँ । ’

गण्डकी प्रदेश सरकारले खानेपानी, स्वास्थ्य, पुर्वाधार, शिक्षा सबै क्षेत्रमा ठुलो प्रगति गरेको बताउँदै गुरुङले एक बर्ष भित्र हरेक घरमा बिजुली र खानेपानीको पहुँच पुग्ने बताए ।
मनाङ र मुस्ताङमा सोलार तथा अन्य जिल्लामा नेशनल ग्रिडको बिजुली बल्ने बताउदै मुख्य मन्त्री गुरुङले अबको १० बर्षमा घर घरमा मिनरल वाटर जस्तै शुद्ध पानि जनताको धारामा झर्ने बताए । समृद्धिको आधार नै खाद्यान्नमा आत्मनिर्भर भएको बताउँदै प्रदेश सरकारले खाद्यान्न आयात भन्दा निर्यात तर्फ चासो दिएको गुरुङको भनाई छ ।

संघियताले गाउँ गाउँमा बिकास आएको बताउदै मुख्य मन्त्री गुरुङले शान्ति स्तुपा पनि संघियताको एक उदाहरण भएको बताए । बिश्व शान्ति स्तुपा पुतलीबजार नगरपालिकाले संघ र स्थानियको सहकार्यमा बन्ने छ । तीन करोड ६८ लाख को लागतमा निर्माण हुन लागेको स्तुपामा ५० प्रतिशत संघ, ३० प्रतिशत नगरपालिका र २० प्रतिशत स्थानियको लगानी रहने छ ।

१० मिटर डायमिटर रहने स्तुपा ११५ फीटको रहने छ भने रीसोर्ट, ध्यान केन्द्र सहित ५० रोपनी क्षेत्रफलमा स्तुपा बन्ने छ । गत साउन २३ गते काम गर्ने सम्झौता गरेको नयाँ बाटो दर्शन ÷ राङखोला जेभीले दुई बर्षमा निर्माण सक्नेगरि निर्माण कार्य शुरु भएको हो ।
कार्यक्रममा संघिय संसद नारायण प्रसाद मरासिनी, प्रदेश सांसद मिन प्रसाद गुरुङ, दिपक चर्ति मगर, जिल्ला समन्वय समिति प्रमुख सिता सुन्दास, पुतली बजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्री, नेकपा जिल्ला सचिवालय सदस्य मन बहादुर थापा लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.