गण्डकी प्रदेशका विधायन समितिका सभापति मोहन रेग्मीले विकासका लागी दलगत स्वार्थ त्याग्नुपर्ने बताउनुभएको छ ।सोमबार गल्याङ् १ मालुङ्गामा अस्पतालको शिलन्यासका अवसरमा सभापति रेग्मीले भन्नुभयो, ‘नेपाल सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई पुरा गर्न सबै पार्टी विकासका लागी एक ढिक्का हुन आवश्यक छ । सुखको आधार हो समृद्धि हो ।’
नेपाल सरकारले आज एक साथ ३९६ स्थानीय तहमा अस्पतालको शिलन्यास गरेर प्रत्येक नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने अभियान शुरु गरेको भन्दै यसमा सबैको साथ र सक्रियता हुनुपर्ने उहाँको भनाई छ ।
नागरिकका आधारभुत आवश्यकता परिपुर्ति गर्न सरकार पुर्ण लागि परेको भन्दै समृद्धि यही सरकारको पालामा संभव रहेको बताउनुभयो ।
साथै सभापति रेग्मीले गण्डकी प्रदेश कृषि, पर्यटन, उर्जा र भौतिक दृष्टिकोणले भरिपुर्ण रहेको भन्दै सरकारका योजनाहरुमा स्थानीय समेत सक्रिय बन्नुपर्ने बताउनुभयो ।