उत्पादन बढाउनुस बजार नगरपालिकाको जिम्मा हुन्छ ,उपप्रमुख कल्पना तिवारी

नारायण चापागाँई,पुस १

वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारिले कृषि क्षेत्रमा योग्दान पुय्राउने कृषकलाइ आधुनिक हिसाबले कृषि कर्म गर्न आग्रह गर्नु भएको छ । हामीले गरेको कृषि कर्म निर्वाहामुखि मात्र भएको र थोरै मात्र आम्दानी हुने भएकोले व्यवसायीक रुपले कृषि गर्न तिवारीले कृषकलाइ आग्रह गर्नु भएको हो । वालिङ नगरपालिकाबाट संचालित वडा नम्वर ११ मा आइ।पि।एम पाठशाला अन्तरगत टमाटर र अकबरे खुर्सानीको १९ हप्ते तालिममा बोलदै तिवारीले कृषक सबैका लागि सम्मानिय व्यतिmत्व रहेकोले आम कृषकको समस्यामा नगरपालिका सधै हातेमालो गर्दे अगाडी बढीरहेकोले उत्पादन भएका बस्तुहरुको विक्रि पनि नगरले जिम्मा लिने तिवारीको भनाइ छ । कार्यक्रममा कृषकहरुलाई प्लास्टिक टनेल वितरण गर्दे त्यसको प्रयोग कसरी गर्ने भन्ने तालिम समेत दिइएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका प्रवक्ता केदार काफ्ले ,सामाजिक विकास अधिकृत पदम प्रसाद पाण्डे, मेलमिलापकर्ता अशोक तिवारी,वार्ड सदस्य तारा पराजुली ,चोलाकान्त पौडेल,अरुडा झेडि मगर लगाएतले आफ्नो मनतब्य राखेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.