किसानलाई वर्गीकरण गरी फागुनदेखि कृषक परिचयपत्र वितरण गरिने कृषिमन्त्री अर्याल

पुस १२

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल निर्माणका लागि उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्नुपर्ने बताएकी छिन् । आइतबार मन्त्रालयमा पद्भार ग्रहण गर्दै मन्त्री अर्यालले कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने दायित्व मन्त्रालयको भएको बताए ।

यसलाई ध्यान दिएर कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने पनि मन्त्री अर्यालले बताइन । कृषिका सम्भावना र समस्या दुवै भएकोले त्यसको विश्लेषण गरी कार्ययोजना बनाई छलफल गरी निकास दिनुपर्ने पनि उनले बताइन् । निवर्तमान मन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा केही नीतिगत स्पस्टता तयार पार्नुभएको जानकारी पाएको उल्लेख गर्दै राम्रा कामलाई अध्ययन गरी अगाडि बढाउने समेत बताइन् मन्त्रि अर्यालको भनाइ थियो।

मन्त्री अर्यालले रासायनिक मलको विषयमा किसानहरुको मागलाई सम्बोधन गरी सधैका लागि समस्या समाधान गरिने पनि बताइन् । त्यसका लागि सातवटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्ने समेत मन्त्री अर्यालले बताइन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मार्फत देशका सबै डाँडाकाँडालाई हरियाली बनाउने र दुनियाँलाई हेर्न आउने बनाउने अठोट व्यक्त गरिन् । यस्तै किसानलाई तालिम र वर्गीकरण गरी परिचयपत्र दिने पनि बताइन् । मन्त्री अर्यालले किसानलाई वर्गीकरण गरी फागुनदेखि कृषक परिचयपत्र वितरण गर्ने र पशुपन्छीको नश्ल सुधार गर्ने कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा आजै हस्ताक्षर समेत गरेकी छिन् ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.