वालिङ नगरपालिकालाई ‘स्मार्ट नगर’ बनाउने कार्यक्रमको घोषणापश्चात लक्ष्य प्राप्तिका लागि कार्यान्वयनको चरणमा रहेको छ वालिङ नगरपालिका । लक्ष्य प्राप्तिका लागि नगरपालिकाले २० वर्षे बृहत योजना, ५÷५ वर्षे आवधिक योजना र १÷१ वर्षे रणनैतिक योजना बनाएर अगाडि बढेको छ ।
२०५३ सालमा साविकको वालिङ, पेखु बाघखोर र धनुबाँसे गाविसलाई मिलाएर वालिङ नगरपालिका बनेको हो । राज्यको पुनर्संरचना अनुसार वालिङ नगरपालिकामा थुमपोखरा, केवरेभञ्ज्याङ, माझकोट शिवालय, एलादी, सिर्सेकोटका सबै वडा र छाङ्छाङ्दी, स्वरेक, कालिकाकोट, तिन्दोबाटे, मनकामना, पेलाकोटका केही वडाहरु समायोजन भई हालको वालिङ नगरपालिका बनेको हो ।
उत्तरमा भीरकोट नगरपालिका, पूर्वमा बिरुवा गाउँपालिका र दक्षिण पूर्वमा चापाकोट नगरपालिका, दक्षिणमा गल्याङ नगरपालिका र पश्चिममा पर्वतको पैयूँ गाउँपालिकाले घेरिएको वालिङ नगरपालिका स्याङ्जाको मध्यभागमा अवस्थित मुख्य ब्यापारिक केन्द्रसमेत हो ।
देशका विभिन्न १३ वटा शहरलाई ‘स्मार्ट सिटी’ निर्माण गर्ने घोषणासँगै वालिङलाई पनि समावेश गरी कामहरु अगाडि बढिरहेको छ । ‘स्मार्ट सिटी’ को अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाका नगर प्रमुख दिलीपप्रताप खाँणसँग तोलाकान्त बगालेले गरेको कुराकानी ः
१.वालिङ नगरपालिकामा यहाँले नेतृत्व प्राप्त गर्नुभएको साढे तीन वर्ष पूरा भएको छ, यो अवधिमा नगरपालिकाले हासिल गरेका मुख्य–मुख्य उपलब्धीहरु के के हुन् ?
स्मार्ट सिटीका लागि आवश्यक पर्ने पूर्वाधारहरुको योजना बनाई सडक, खानेपानी, सिञ्चाई, सञ्चार सञ्जाल (फाईबर लाईन) का कार्यहरु अगाडि बढेका छन् । आधारभूत आवश्यकताकारुपमा तथ्याङ्क सङ्कलन, प्रशोधन, विश्लेषण गर्ने कार्यहरु भएका छन् । आँधीखोला नियन्यण गर्ने, आँधीखोलाका दुबै किनारमा करिडोर निर्माण, नगरभित्रका सडकहरु सुरक्षित गर्ने र विपद न्यूनिकरण गर्ने कार्यहरु भएका छन् । ईनोभेसन सेन्टर, ईन्कुवेसन सेन्टर, मेन्टर सिस्टमहरु स्थापित भएका छन् । सुशासनका विभिन्न आयामहरुमध्ये कानून, नियम र कार्यविधिहरु निर्माण भएका छन् । डिजिटल प्रविधिको विकास गर्दै ‘गुड गभर्नेन्स’ स्थापित गरेका छौं । आर्थिक विकासका लागि स्वरोजगार सिर्जनाका लागि सीप हस्तान्तरण लगानीको वातावरा र बजारीकरणको ब्यवस्था अगाडि बढाएका छौं । विशेष गरी नागरिकहरुमा चेतनाको स्तर बढाउनका लागि सूचना प्रविधिको अधिकतम प्रयोग भएको र बुझाईमा नवीनता स्थापना गर्न प्रयासरत छौं ।
वालिङ नगरपालिकामा विकास निर्माणको स्पष्ट खाका तयार गरी भौतिक पूर्वाधारका कार्यहरुको थालनी गरेका छौं । नगरबासीका आधारभूत आवश्यकताहरु पूरा गर्नका लागि उहाँहरुकै चाहना बमोजिम अगाडि बढेका छौं । सडक विस्तार, सडकको स्तरोन्नति, स्वास्थ्यको पहुँच विस्तार, शुद्ध प्रशोधित खानेपानी, ब्यावसायिक कृषि, पशुपालनलाई प्राथमिकता, औद्योगिक ग्राम सञ्चालन गर्ने तयारी भईरहेको छ भने एकीकृत बस्ती विकास, सरसफाई, शिक्षामा गुणस्तर बृद्धि गर्नुकासाथै आधुनिक प्रविधिहरुलाई पछ्याउँदै कार्यसम्पादनमा सुधारसहित फड्को मारेका छौं । वालिङ नगरपालिकाले ‘स्मार्ट सिटी’ निर्माणका लागि कदम अगाडि बढाएको छ । वालिङको गन्तब्य भनेको ‘स्मार्ट सिटी’ हो, अहिले पाईलामात्रै चालेका छौं यो पूरा हुन २० वर्ष लाग्ने अनुमान गरेका छौं आशा छ वालिङलाई तोकिएको अवधिभित्रै ‘स्मार्ट सिटी’ घोषणा गर्न सफल हुनेछौं उक्त दिन वालिङ नगरपालिका देशकै पहिलो ‘स्मार्ट सिटी’ कोरुपमा घोषित भएको हुने छ ।
२. विश्वभरी महामारीकारुपमा फैलिरहेको कोभिड १९ ले गर्दा विकास निर्माणमा के कस्तो असर प¥यो ?
विश्वभर महामारीकोरुपमा फैलिएको कोभिड १९ का कारण वालिङ अछुतो रहने त कुरै भएन । कोभिडले यहाँ पनि असर गरेको छ । विकास निर्माणका कार्यहरुमा अवरोध सिर्जना भए । बजेटहरु न्यून आएका छन् जसका कारण थालिएका कार्यहरु सम्पन्न हुन सकिरहेका छैनन् । भोलिको अवस्थामा यस्ता महामारीका बाबजुत पनि वैकल्पिक उपाय अपनाउन सकिने अवस्थामा पुग्न कोशिष गरेका छौं । नागरिकको स्वास्थ्य पहिलो कुरा ठानेर अथवा नागरिकको स्वास्थ्यप्रति बढी सजग हुँदै नीति तथा कार्यक्रमहरु बनायौं । नागरिकको मौलिक हककोरुपमा रहेको स्वास्थ्यप्रति सचेत हुँदै अगाडि बढ्यौं । नागरिकहरुको जीवनरक्षा गर्न सक्यौं भने विकास निर्माण त आगामी दिनमा पनि गर्न सकिन्छ, पाईन्छ भन्ने भावनाका साथ निरन्तर अगाडि बढेका छौं ।
३. विदेशबाट फर्केर रोजगारी गुमाएका स्थानीयहरुका लागि नगरपालिकाले रोजगारीको अवसर दिनका लागि के कस्तो योजना बनाएको छ ?
विशेषतः नगरपालिकाले क्वारेन्टिन र आईसोलेसनमा बस्दा विदेशबाट आएका ब्यक्तिहरुसँग उहाँहरुका विचार योग्यता र फर्किने नफर्किने जस्ता प्रश्नहरु सोधी तथ्याङ्क सङ्कलन गरेका थियौं तिनै नागरिकहरुलाई लक्षित गरी वालिङ नगरपालिकाले युएनडिपी सँगको सहकार्यमा पोष्ट कोभिड १९ का कार्यक्रमहरु सञ्चालन गरेका छौं । उहाँहरुसँग रहेका सीपलाई परिमार्जित गर्ने, नयाँ सीपहरु हस्तान्तरण गर्ने, उत्पादन र स्वरोजगारमा संलग्न गराउने र उत्पादित बस्तुहरुलाई बजारीकरणमा पनि सामेल गराउने आदि जस्ता कार्यहरु सञ्चालन गरिएका छन् । साथै उहाँहरुले यहीँ केही उद्यम गर्न चाहेमा त्यसका लागि आवश्यक वातावरण मिलाईदिने र नगरपालिकाको तर्फबाट बिना ब्याज बीउँ पूँजी उपलब्ध गराउनुका साथै बैंक तथा वित्तीय संस्थाहरु नगरपालिका जमानी बसेर सस्तो र सुलभ ब्याजदरमा ब्यवसायिक कर्जा उपलब्ध गराउँदै आएका छौं ।
४.नगरपालिकाले नीति तथा कार्यक्रममा कस्ता योजनाहरुलाई बढी प्राथमिकतामा राखेर काम गरेको छ ? नगरका गौरवका योजनाहरु के के हुन् ?
वालिङ नगरपालिकाले २० वर्षे बृहत योजना, ५÷५ वर्षे आवधिक योजना १÷१ वर्षे रणनैतिक योजना बनाएको छ र स्मार्ट सिटी निर्माणका लागि आधारभूत विकासको शहर ९द्यबकष्अ क्ष्लाचबकतचगअतगचभ ऋष्तथ० स्वाबलम्बी शहर ९क्गकतबष्लभदभि ऋष्तथ० हुँदै २० वर्षमा स्मार्ट सिटी निर्माण गर्ने योजना अनुसार आफ्ना नीति तथा कार्यक्रमहरु अगाडि सारेको छ । सोही अनुसार हरेक वर्ष निर्धारित कार्यक्रम अनुसार आफ्ना प्राथमिकतालाई अगाडि बढाएको छ ।
पूर्वाधार निर्माण गर्दा तथा योजनाहरु बनाउँदा दूरगामी सोंचका साथ अगाडि बढिरहेका छौं । हाम्रा पूर्वाधारहरुले आगामी नयाँ पुस्ताहरुका लागि पछिसम्म धान्न सक्ने सडक सञ्जालहरु, खानेपानी प्रणालीहरु, सिञ्चाई प्रणालीमा दीगो विकासलाई लक्षित गरी योजनाहरु बनाएका छौं । वातावरणीय सुधार, नदी नियन्त्रण, नदीहरुमा करिडोर निर्माण, ताल तलैया निर्माण, पानीको भू–सतही उठान, प्राकृतिक चक्रीय प्रणालीको सन्तुलनका साथ आधुनिक स्वस्थकर हावापानी, शारीरिक परिश्रम गर्ने स्थलहरुको निर्माण गर्नुका साथै मानसिक सन्तुलनका लागि मनोरम पार्कहरु निर्माणलाई प्राथमिकता दिएका छौं । त्यस्तैगरी सुनौली–पोखरा सिद्धार्थ राजमार्ग वालिङ नगरपालिकाभित्र १२ किलोमिटर पर्छ नगरपालिकाकै पहलमा सडक चौडा गरी ‘डेडिकेटेड टु लेन’ बनाउने कार्य भईरहेको छ । जिल्लाकै सभ्यता तथा धार्मिक आस्थासँग जोडिएको आँधीखोलाको दुबै किनाराबाट आँधीखोला करिडोर निर्माण भईरहेको छ भने नगरका विभिन्न वडाका गाउँहरुमा बाह्रै महिना सवारी साधन सञ्चालनका लागि ग्रामीण सडकहरुलाई विस्तार तथा स्तरोन्नति भईरहेको छ । १४ वटा वडामा १७ वटा स्वास्थ्य चौकी तथा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वालिङमा सुविधा सम्पन्न अस्पताल निर्माणकालागि जग्गा खरिद गरी निर्माण प्रक्रिया थालिएको छ । स्वच्छ र सफा शुद्ध खानेपानीका लागि वडा वडामा खानेपानीका योजनाहरु सञ्चालन भएका छन् । आधुनिक प्रविधिहरुलाई पछ्याउँदै आईटी र आईओटीका क्षेत्रमा धेरै अगाडि बढेका छौं । फोहोर मैला ब्यवस्थापनमा देशकै उत्कृष्ट भई पुरस्कृत भएको र अहिले सोही ठाउँमा दिशाजन्य लेदो ब्यवस्थापनका लागि प्लान्ट निर्माण कार्य भईरहेको छ । नगरपालिकाले वालिङ ९ सुर्कौदीमा एकीकृत बस्ती विकास (नयाँ शहर) बसाल्नका लागि तयारीलाई अन्तिम चरणमा पु¥याईएको छ । कृषि तथा पशुपालनका क्षेत्रमा ब्यवसायीलाई बीउपूँजी उपलब्ध गराएका छौं भने गाउँ गाउँमा सहकारी गठन गरी सोहीमार्फत लगानीको ब्यवस्था मिलाएका छौं ।
५. कोरोना महामारी रोकथाममा वालिङ नगरपालिकाले के कस्ता गतिविधि गरेको छ ?
कोरोना रोग आँफैमा एउटा नयाँ खालको महामारी रोग थियो त्यसैकारणले यसको रोकथामका लागि हरेक घर, हरेक गाउँ टोल र वडास्तरबाट नै सचेत हुन जरुरी थियो । त्यसैले समग्र नगरको सुरक्षाका लागि हरेक टोल÷टोलका समितिहरुलाई चेतनामूलक कार्यक्रमहरु गरियो । निगरानीको जिम्मा दिईयो नगरस्तरीय समिति गठन गरी हरेक पलपलको सूचना र आवश्यक कार्यहरु गरियो । विदेशमा रहेका वालिङबासीहरुको तथ्याङ्क सङ्कलन गरी कति आउन सक्ने अनुमान गरियो र यसमा करीब १२०० ब्यक्तिहरु आउन सक्ने अनुमान गरी त्यही अनुसारका क्वारेन्टिन निर्माण आईसोलेसन र कोभिड अस्पतालको ब्यवस्थापन गरियो र अहिले पनि ५ शैयाको आईसोलेसन सञ्चालनमा छ । जसमा सबै आवश्यक सुविधाहरु मौजुद छन् । आईसोलेसनको ब्यवस्था छ र नियमित पिसीआर परीक्षण यी सम्पूर्ण कार्यहरु निशुल्करुपमा उपलब्ध छ । अहिलेसम्म क्वारेन्टिनमा १५०० बढी ब्यक्तिहरु बसीसक्नुभएको छ करीब २२०० जनाको पिसीआर परीक्षण गरिएको र २०० भन्दा बढी आईसोलेसनमा बस्नुभएको छ । ३० जनाभन्दा बढी कोभिड अस्पतालमा बस्नुभएको छ । वालिङ नगरपालिकाले कोभिड १९ का कारण रोजगारी गुमाएका तथा अति विपन्नहरुलाई लक्षित गरी १२ हजार ९ जनालाई खाद्यान्न तथा राहत वितरण गरेको थियो । वालिङ नगरपालिका कोभिड १९ राहत कोष स्थापना गरी त्यहाँ विभिन्न संघ संस्था तथा ब्यक्तिहरुबाट आर्थिक तथा खाद्यान्नहरु संकलन गरी न्यून आय भएका अति विपन्न, मजदूरहरुलाई राहत वितरण गरिएको थियो । नगरपालिकाले सञ्चालन गरेको कोभिड १९ राहत कोषमा रु. एक करोड १२ हजार ७६३ संकलन भएकोमध्ये राहत, आईसोलेशन, क्वारेन्टिन खर्चमा रु. ८३ लाख ३४ हजार ७०३ खर्च भएको छ ।
६.वालिङ नगरपालिकालाई स्मार्ट नगरपालिका बनाउनका लागि कार्यान्वयनको चरणमा हुनुहुन्छ, स्मार्ट पालिकाका लागि के काम भईरहेको छ ?
वालिङ नगरपालिका स्मार्ट वालिङ बनाउने कार्यक्रमको घोषणा हो यसका लागि २० वर्षे बृहत योजना, ५ वर्षे आवधिक योजना, १÷१ वर्षे रणनैतिक योजनाका साथ अगाडि बढेको छ । वालिङको विकासको चरणलाई तीन चरणमा विभाजन गरेर पहिलो आधारभूत आवश्यकता पूर्ण गर्ने गरी आधारभूत सिटीकोरुपमा १७ वटा दीगो विकास लक्ष्यसहितको शहरकोरुपमा र अन्तमा स्मार्ट वालिङकोरुपमा ‘आर्टिफिसियल ईन्टेलिजेन्स’ (आईओटी) को पूर्ण उपयोग गरी २० औं वर्षमा नेपालको सापेक्ष स्मार्ट वालिङकोरुपमा घोषणा गर्नेछौं ।
७.वालिङ नगरपालिकाले सूचना प्रविधि (आईटी).को क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्ने सुनिन्छ, सूचना प्रविधिमा नपाले प्राप्त गरेको हालको उपलब्धी के हो ?
हामी वालिङ नगरपालिकालाई स्मार्ट सिटी बनाउनेक्रममा हाम ४ वटा पिल्लरहरुमध्ये एउटा पिल्लर स्मार्ट गभर्नेन्स हो । यसका विभिन्न आयामहरुमध्ये महत्वपूर्ण आयामा डिजिटल गभर्नेन्स हो । डिजिटल गभर्नेन्सका लागि आईटीको अधिकतम उपयोग हुनुपर्छ, हाउस सर्भेदेखि लिएर जिआईएस प्रणालीसम्म, जिपिएस सिस्टमदेखि लिएर एप्लिकेशन सम्मका सफ्टवयर प्रयोगमा आईसकेका छन् । त्यसैले हरेक नागरिकहरुको सेवा, रेकर्ड सिस्टम, कार्यशैली, नगरपालिकाका सम्पूर्ण कार्यहरु डिजिटल डाटाकोरुपमा उपयोग गरी सम्पूर्ण सेवाहरुलाई सूचना प्रविधिको माध्यमबाट उपलब्ध गराई पेपरलेसकोरुपमा कार्य गर्दै शुन्य पेपरकोरुपमा स्थापित गर्ने कार्यहरु अगाडि बढीरहेका छन् ।
८.वालिङले फोहोर मैला ब्यवस्थापनका क्षेत्रमा गरेको उपलब्धीको अध्ययन अनुगमनका लागि विभिन्न ठाउँबाट संघसंस्था, ब्यक्तिहरु आउने गर्नुहुन्छ, खासमा वालिङले फोहोर मैलाका क्षेत्रमा के ग¥यो जुन यति धेरै चर्चामा छ ?
वास्तवमा फोहोर भन्ने वस्तु नै हुँदैनन् । हामीले त्यसलाई फोहोर बनाईरहेका छौं । त्यसै हुनाले स्रोतमा नै हरेक वस्तुहरु अलग अलग ग¥यौं भने त्यो फोहोर होईन स्रोत हो । सबै एक ठाउँमा मिसायौं भने त्यस्ता वस्तुहरु फोहोर हुन्छन् । वालिङ नगरपालिकाले स्रोतमै वस्तुहरु अलग अलग छुट्टयाउने हुँदा हामीले स्रोतकारुपमा प्रयोग गरेका छौं । कुहिने वस्तुलाई मलकोरुपमा उपयोग गर्ने, नकुहिने वस्तुलाई पुनः प्रयोगकोरुपमा बिक्री गर्ने अथवा आँफै प्रशोधित गर्ने कार्यहरु गरेका छौं । त्यसैले हामीले फोहोरकोरुपमा नभई स्रोतकारुपमा लिई स्रोतलाई ब्यवस्थि तगर्ने गरी हाम्रा कार्यहरु अगाडि बढेका छन् । त्यस्तै हरेक घरहरुका सेफ्टी ट्याङ्कीहरु भरिएपछि त्यस्ता सेफ्टी ट्याङ्कीहरु बाहिरी स्रोतहरु ढल तथा खोलानालामा नमिसाउनका लागि दिशाजन्य लेदो ब्यवस्थापनका लागि प्लान्ट निर्माण गरेका छौं । यसबाट कम्पोष्ट मल र बायोग्याँस उत्पादन गरी प्रयोग गर्ने र पानीका स्रोतहरु अन्य जग्गा जमीनमा जीवाणु तथा विषाणुहरु फैलिनबाट रोक्ने गरी अगाडि बढेका छौं ।
९. संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व छ छैन, यहाँको अनुभव के छ ?
तीन वटा सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्वका मर्म अनुसार अगाडि बढ्ने भनिएपनि यसको कार्यान्वयन पक्ष खासै राम्रो हुन सकिरहेको छैन । अझै भनौं कार्यान्वयनको पक्ष कमजोर भएको महशुस गरेको छु । विकास निर्माणका क्रममा दोहोरोपन हुन नदिन, भ्रष्टाचार हुन नदिन, योजनाहरुको दीगोपना बनाउ, पारदर्शिताका लागि पनि समन्वय, सहकार्य र सहअस्तित्व आवश्यक छ जस्तो लाग्छ । जुन अपेक्षा संविधानमा राखियो त्यो अनुसार नभएको पक्कै पनि हो । यसमा नगरपालिकाले कोशिस गरेपनि सन्तोषजनक परिणाम भने आउन सकेको अवस्था छैन ।