जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लुकाइ छिपाइ राखेको अवश्थामा फर्निचरबाट अवैध सालको काठ बरामद गरेको छ । प्रहरीले गल्याङ नगरपालिको वडा नं ९ चिड्डाडाबाट सालको गोलीया प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले सागर खनालको फर्निचरमा लुकाएर राखेको अवस्थामा रहेको १० थान गोलीया र चिरेको १९ थान सालको काठ वरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।
प्रहरीले सोही वडाको साङ्लीया बाट बाटोमा बेवारिसे अवस्थामा रहेको चिरेको ७५ थान सालको काठ पनि वरामद गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वरामद गरिएका काठ सव डिभिजन बन कार्यालय गल्याङमा पठाइएको प्रहरीले जनाएको छ ।