कृषक संजाल र निजि क्षेत्रबीच अन्र्तक्रिया

कला राना, पौष १३

वालिङ नगरपालिका स्तरीय कृषक संजालको बैठक तथा कृषि उत्पादन तथा बजारीकरण सम्बन्धी निजि क्षेत्र र संजालबीच अन्र्तक्रिय सम्पन्न भएको छ । कृषक सञ्जालको आयोजना तथा दियालो, सुआहारा र युएनडिपिको सहयोगमा अन्तक्रिया गरिएको हो ।

अन्र्तक्रियामा नगरपालिका उपप्रमुख कल्पना तिवारीले विभिन्न साझेदारी संस्थाहरुसंग सहकार्य गर्दै उत्पादन बढाउने कार्य गरेको बताउनुभयो । साथँै उपप्रमुख तिवारीले परम्परागत कृषि प्रणालीमा धेरैकाम थोरै आम्दानी हुने भएकाले आधुनिक कृषि प्रणालीमा लाग्नुपर्ने बताउँदै कृषि उपजको बजारीकरणका लागि नगरपालिकाले सहजीकरण गर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, वडा अध्यक्ष तथा नगरप्रवक्ता केदार काफ्ले, दियालो संस्थाका अध्यक्ष कविता तिवारी, सुआहारा प्रदेश संयोजक याम जिसि, वालिङ नगरपालिका पशु सेवा शाखाका प्रमुख देबकुमारी श्रेष्ठ, कृषि शाखा प्रमुख केश बहादुर थापा, दियालो युएनडिपिका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे, दियालो सुआहारा कार्यक्रम प्रमुख ओमसुवा गुरुङ लगायतले बोलेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.