एल.आई. सी. नेपालले दियो मृत्युदाबी भुक्तानी

गल्याङ । एल.आई. सी. (नेपाल) वालिङ शाखाले ५६ बर्षको उमेरमा असामयिक निधन भएका गल्याङ-०८ बस्ने स्व. रन बहादुर गाहा मगर को परिवारलाई मृत्युदाबी बाफतको रु । १,०६,६००- बराबरको चेक हस्तान्तरण गरेको छ । उनको गत असार २६ गते आफ्नै निवासमा असामयिक निधन भएको थियो ।

स्व. रन बहादुर गाहा मगर को श्रीमती भवि गाहा मगर लाई बिहिबार उनकै घरमा पुगेर एल .आई. सी. (नेपाल) वालिङ शाखाका शाखा प्रमुख नरेन्द्र बिष्ट, एजेन्सी मेनेजर रविन्द्र कुमार गुरुङ तथा अभिकर्ता गौ लक्ष्मी श्रेष्ठ को टोलीले उक्त रकम बराबर को चेक एक कार्यक्रम बीच हस्तान्तरण गरेका हुन् ।

स्व. मगर ले गत वर्ष एल.आई .सी. (नेपाल) को वालिङ शाखाबाट रु १,००,०००- बराबरको १४ बर्षे सावधिक जीवन बिमा अभिकर्ता गौ लक्ष्मी श्रेष्ठ मार्फत गराएका थिए र जम्मा एक किस्ता मात्रै बुझाएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.