गण्डकीदेशराजनीति

लोकप्रीय बन्दै कान्छा : नेपाली काँग्रेस परित्याग गर्नेको लर्को

हरिनास गाउँपालिकामा लोकप्रीय कार्यक्रम ल्याएर जनताको मन जितेका गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरलाई यहाँको जनताले ‘कान्छा ’ भनेर चिन्ने गर्दछन् ।

स्याङ्जा , २ फागुन

पछिल्लो समय राजनैतिक घटनाक्रम चर्काचर्की हुन थालेको छ । सत्तारुढ दल नेकपा बिभाजनले २ खेमामा बाँडिएको नेकपाका कार्यकर्ता कता लाग्ने भन्ने अन्यौल सिर्जना भएको छ । सत्ता पक्षको नेकपा केपी समुह र प्रचण्ड नेपाल समुहले देशव्यापी शक्ती प्र्रदर्शन गर्ने र एक आर्को शक्ती प्रति टीकाटिप्णी गर्ने कार्यक्रमलाई तीव्रता दिएका छन् ।

यसैविचमा हरिनास गाउँपालिकामा भने प्रतिपक्ष दल नेपाली काँग्रेस परित्याग गरि नेकपा ओली समुहमा प्रवेश गर्नेको संख्या दिनहुँ बढ्दै गएका छन् । शनिवार एक कार्यक्रमको बिच ३६ जनाले पार्टी प्रवेश गरेका छन् । नव प्रवेशी गौतम गुरुङ भन्छन् , ‘कान्छा सरकारले गाउँ गाउँमा बाटोघाटो , घरघरमा खानेपानी पुर्याएर हाम्रो दैनिकीलाई सहज बनाएकोले हामी नेकपामा प्रवेश गरेका हौँ । ’

हरिनास गाउँपालिकामा लोकप्रीय कार्यक्रम ल्याएर जनताको मन जितेका गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरलाई यहाँको जनताले ‘कान्छा ’ भनेर चिन्ने गर्दछन् । शनिबार जनता सँग अध्यक्ष कार्यक्रम यहाँको लोकप्रीय कार्यक्रम बनेको छ । अध्यक्ष मानन्धर भन्छन् , ‘प्रत्येक शनिवार हामी जनताको समस्या बुझ्न घरघरमा पुग्छौँ , समस्या पहिचान गर्छाैँ र समाधान गर्ने कार्यक्रम अघी सार्छौँ ।’

 

Show More
Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.