स्याङ्जा र गण्डकी प्रदेशलाई समेत स्वास्थ्य सामाग्री

३ जेष्ठ २०७८, सोमबार

स्याङ्जा- कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्मा अर्यालले गृह जिल्ला स्याङ्जालाई स्वास्थ्य सामाग्री पठाउनुभएको छ । देशभर कोरोना संक्रमित र मृत्युदर समेत बढिरहेका बेला मन्त्री अर्यालले गृह जिल्ला स्याङ्जा र गण्डकी प्रदेशलाई समेत स्वास्थ्य सामाग्री पठाउनुभएको हो । गण्डकी प्रदेशलाई पठाउनुभएको स्वास्थ्य सामाग्री पोखरा ल्याईएको छ ।मन्त्री अर्यालको विशेष पहलमा नेपाल सरकारको तर्फबाट गण्डकी प्रदेशलाई पठाएको अक्सिजन, पल्स अक्सिमिटर, सेनिटाइजर, माक्स, फेस सिल्ड लगायत अन्य स्वास्थ्य सामाग्री पोखरा आइपुगेको हो ।पछिल्लो समय स्याङ्जामा समेत कोरोनाको दोस्रो भेरियन्टबाट संक्रमितहरु बढिरहेका बेला मन्त्री अर्यालले स्याङ्जालाई अक्सिजन, ३० वटा पल्स अक्सिमिटर, ३५ हजार थान माक्स, २ सय ६० लिटर सेनिटाइजर, ४ सय २० पिस पिपिइ, ३ हजार पन्जा, ३३ वटा थर्मोगन, पाँच थान अक्सिजन कन्सन्ट्रेटर समेत पठाउनु भएको छ । उक्त स्वास्थ्य सामाग्री मंगलबार स्याङ्जामा हस्तान्तरण गरिने छ । जिल्लामा पछिल्लो समय संक्रमितको मृत्युदर समेत बढेको भन्दै कोरोना रोकथाम तथा न्युनिकरणका लागी आवश्यक पर्ने स्वास्थ्य सामाग्री सहज तरिकाले उपलब्ध हुने गरी पठाएको मन्त्री अर्यालले जानकारी दिनुभयो ।कोरोना भाइरसको कारण समय जटिल बन्दै गएको र बाहिर निस्कन सक्ने अवस्था नभएको भन्दै मन्त्री अर्यालले आफै उपस्थित हुन नसके पनि प्रदेश र जिल्लामा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताउनुभएको छ ।उहाँले यो बेला सावधानी अपनाउदै सुरक्षित भइ घरमै बस्न सबै नागरिकलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.