मन्त्री अर्यालको पहलमा स्याङ्जामा अक्सिजन प्लान्ट स्थापना गर्न १ करोड ५० लाखको सहमति

नारायण चापागाँई,जेठ ४

स्याङ्जा, ४ जेठ । स्याङजाको स्याङजा जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि कृषि तथा पशुपंक्ष्ी मन्त्री पद्मा अर्यालको पहलमा मन्त्रीस्तरको निर्णयले १ करोड ५० लाखको सहमति दिएको छ । स्याङ्जामा कोभिड १९ को दोस्रो भेरियन्टले संक्रमित र मृत्यु दरको बार ग्राफ बढ्दै गएपछि जिल्ला अस्पतालको १०० बेडका लागि अक्सिजन प्लान्ट र पाइप लाइन विस्तार गर्नका लागि अर्थमन्त्रालयले सहमति प्रदान गरेको हो ।

जिल्लाका अक्सिजन आवश्यक कोभिड संक्रमित बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजान परिरहेको धेरै जना विरामीले अक्सिजनको अभावमा मृत्यु हुने अवश्था देखिन थालेपछि मन्त्री अर्यालको अनुरोधमा अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना गर्न सहमति दिएको हो ।
अक्सिजन प्लान्ट निर्माण तथा अस्पतालमा पाईपलाईन विस्तारका लागी देशभरका विभिन्न अस्पताललाई १६ करोड ८० लाख रकम विनियोजन भएको हो ।अक्सिजन प्लान्ट निर्माण तथा अस्पतालमा पाईपलाई विस्तारका लागी देशभरका विभिन्न अस्पताललाई १६ करोड ८० लाख रकम विनियोजन भएको हो । पाईपलाईन विस्तारका लागी तनहुँमा दमौली अस्पताललाई ३० लाख, स्याङ्जा सहित पाल्पा, अर्घाखाँची, बैदडी, डोटी, नवलपरासी, कपिलवस्तु, बर्दिया, दाङ, प्यूठान, तेह्रथुममा डेढ÷डेढ करोड गरी १६ करोड ८० लाख विनियोजन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.