सुशील सुवेदी
स्याङ्जा , २४ असार
कुनै पनि छोरा छोरीले आफ्नो बुवालाई सबैभन्दा बढी विश्वासिलो पात्र मान्ने गर्दछन् । तिनै विश्वासिलो पात्रले आफ्नै छोरीलाई जवर्जस्ती गर्न सक्छलान् ? हाम्रो समाजमा सोँच्न पनि सकिँदैन ।
तर स्याङ्जाका , एक बुवाले आफ्नै छोरीलाइ जबरजस्ती करणी गरेका छन् । फेदीखोला गाउँपालीकाका ४० वर्षीय एक पुरुषले ११ वर्षीय छोरीलाई जवरजस्ती गरेका छन् ।
आफ्नै छोरीलाई जवर्जस्ती गरेको जाहेरी दरखास्त प्रहरीमा आएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीलाई करणी सम्बन्धी कसुर “जवरजस्ती करणी” मुद्धामा मुद्धा दर्ता गरी ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।